आइतबार, भदौ २३ गते २०८१    
images
images

ज्यामरुककोटमा पूर्वाधार विस्तार, बन्दैछ पर्यटकीय गन्तव्य

images
सोमबार, जेठ १४ २०८१
images
images
ज्यामरुककोटमा पूर्वाधार विस्तार, बन्दैछ पर्यटकीय गन्तव्य

प्रदेश सरकारकै १० लाख रूपैयाँबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ। कोतघर परिसरमा  पाँच लाख रूपैयाँमा गणेशको मन्दिर बनाइएको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटमा पूर्वाधार विस्तार गरिएको छ। ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पूर्वाधार विस्तार गरिएको हो। 

images
images
images

गण्डकी प्रदेश सरकारअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा खड्गभवानी कोत परिसरमा पूर्वाधार विस्तार गरिएको बेनी नगरपालिका-२ का वडाध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए।

'बेनीमा आउने पर्यटकको बसाइ लम्ब्याउन ज्यामरुककोटमा पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ', उनले भने, 'पूर्वाधार विस्तारसँगै यहाँ भक्तजन र पर्यटकको चहलपहल बढेको छ। पूर्वाधारले उनीहरुलाई सहज बनाएको छ।'

प्रदेश सरकारको १० लाख रूपैयाँको लागतमा खड्गभवानी कोतघर परिसरमा पर्खाल निर्माण गरेर फराकिलो बनाइएको छ। अठ्तीस मिटर लामो र दुई मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गरिएको खड्कभवानी कोत मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए।

images

पर्खाल बनाएर फराकिलो बनाइएको कोतघर परिसरमा भक्तजन र पर्यटक बस्न १० बेञ्च राखिएका छन्। यसअघि प्रदेश सरकारको १५ लाख रूपैयाँको लागतमा भकुुण्डेदेखि खड्गभवानी कोतघर परिसरमा पुग्ने तीन सय आठ मिटर पक्की पदमार्ग निर्माण गरिएको पूर्ववडाध्यक्ष हीराबहादुर थापाले बताए।

प्रदेश सरकारकै १० लाख रूपैयाँबाट कन्थरथानतर्फबाट कोतघर परिसरमा पुग्ने पदमार्ग निर्माण गरिएको छ। कोतघर परिसरमा  पाँच लाख रूपैयाँमा गणेशको मन्दिर बनाइएको छ। कोत परिसरमा दुई सय १० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरिएका छन्। 

पन्धौँ शताब्दी प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुककोट (खड्गभवानी कोत) परिसरलाई पर्यटकीय गन्तव्य बनाउन बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएका हुन्।

यहाँ मल्लकालमा प्रयोग भएका दुर्लभ हातहतियारसमेत छन्। ४२ रोपनी क्षेत्रफलमा रहेको कोत परिसरमा मल्लकालीन इतिहास, तोप, खुँडा, तरबारलगायत हातहतियार, प्राचीन शिला/इँटा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अझै यथावत् छन्।

समुद्री सतहदेखि एक हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमशृङ्खला, सदरमुकाम बेनी बजार, पञ्चकोट तथा विभिन्न ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ। 


प्रकाशित : सोमबार, जेठ १४ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend