बिहीबार , मंसिर १३ गते २०८१    
images
images

बारा र पर्साका औद्योगिक कोरिडोरमा विद्युत् कटौतीले समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १४ २०८१
images
images
बारा र पर्साका औद्योगिक कोरिडोरमा विद्युत् कटौतीले समस्या

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युतको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउँछन्।

images
images

पर्सा- औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प-झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ। 

images
images
images

बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत आपूर्ति हुँदै आएको छ। त्यसैले बेला बखतमा यहाँ विद्युत झयाप्प-झ्याप्प जाने समस्या देखिएको हो।

images

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युतको माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउँछन्।

images

'बारा-पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युतको माग छ', उनले भने, 'रक्सौल-परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत भारतबाट आयात हुँदै आएको छ। अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ।' 

प्रमुख दुबेले बारा-पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत उपलब्ध गराउँदै आएको बताए। बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतको माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनको भनाइ छ।

प्रमुख दुबेका अनुसार परवानीपुर-पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ।

'कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ। त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ', उनले भने। उक्त समस्या एक महिनाभित्र समाधान हुने उनी बताउँछन्। वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कुल ५६ हजार ग्राहक रहेका छन्। रासस


प्रकाशित : सोमबार, जेठ १४ २०८११०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend