शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सुक्खा पहिरोले मनास्लु जाने आरुघाट-लार्के सडक अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १४ २०८१
images
सुक्खा पहिरोले मनास्लु जाने आरुघाट-लार्के सडक अवरुद्ध

'पहिरो पन्छाउन दुईतीन दिनभन्दा बढी समय लाग्नसक्ने अवस्था छ, चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ।'

images
images

गोरखा- उत्तरी गोरखा जोड्ने बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्डमा सुक्खा पहिरो खसेर आइतबारदेखि सडक अवरुद्ध भएको छ। आइतबार दिउँसो धार्चे गाउँपालिका-३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिएका छन्।

images
images
images

'पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ,' उनले भने, ‘पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ।' पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको स्थानीयवासी बलबहादुर गुरुङले जानकारी दिए।

images
images

पहिरोले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ। 'पहिरो पन्छाउन दुईतीन दिनभन्दा बढी समय लाग्नसक्ने अवस्था छ, गुरुङले भने, 'चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ।' पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति हुन नपाएको हो।

images
images

पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण भने नआएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

'पहिरो खसेको भन्ने सूचना आएको छ,' उनले भने, 'प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेका छौँ, थप विवरण भने प्राप्त हुन बाँकी नै छ।'

बेनिघाट-आरुघाट-आरखेत-लार्के सडकखण्डअन्तर्गत पर्ने उक्त क्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाड ब्लास्टिङ गरेर सडक निर्माण गरेको हो। रासस


प्रकाशित : सोमबार, जेठ १४ २०८११०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend