शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

वन पैदावारमा आत्मनिर्भर भइ निर्यात प्रवर्द्धन गर्ने उद्देश्य, तर गतवर्ष ६ अर्ब ४० करोडको काठ आयात

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ १४ २०८१
images
वन पैदावारमा आत्मनिर्भर भइ निर्यात प्रवर्द्धन गर्ने उद्देश्य, तर गतवर्ष ६ अर्ब ४० करोडको काठ आयात

वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रूख बढ्दो क्रममा रहेका भए पनि कानूनी झन्झटता कारण ती रूख सडेर खेर गइरहेका छन्।

images
images

काठमाडौं- वन नीति २०७५ ले वन पैदावारमा आत्मनिर्भर भइ मूल्य अभिवृद्धिसहित निर्यात प्रवर्द्धन गर्ने उद्देश्य लिएको भए पनि बर्सेनि अर्बौं रुपयाँको काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ।

images
images
images

वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रूख बढ्दो क्रममा रहेका भए पनि कानूनी झन्झटता कारण ती रूख सडेर खेर गइरहेका छन्।

images
images

मुलुकको आवश्यकताअनुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा २ अर्ब ३३ करोड, २०७८/७९ मा ७ अर्ब ९९ करोड र २०७९/८० मा ६ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्यांक छ।

images
images

महालेखापरीक्षकको ६१ औँ प्रतिवेदनले काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भएको देखिँदा ढलापडा, सुखड खड़ा रूखहरुको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने औँल्याएको छ।

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन

नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल गर्दै आएको छ। सो व्यवस्थाअनुसार सरकारले आर्थिक वर्ष २०६५/६६ देखि २०७९/८० सम्म १९ अर्ब ६० करोड २९ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरिसकेको छ। प्रदूषण शुल्कबापतको यति ठूलो रकम भने प्रयोजनहीन अवस्थामा छ।  

उक्त रकम प्रत्यक्ष रूपमा प्रदूषण नियन्त्रण एवं रोकथाम गर्न कार्यमा खर्च नगरेको महालेखापरीक्षको कार्यालयको प्रतिवेदनले औँल्याएको छ। आइतबार सार्वजनिक गरिएको महालेखाको ६१औँ वार्षिक प्रतिवेदनले जुन प्रयोजनका लागि शुल्क उठाएको हो सोही कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।


प्रकाशित : सोमबार, जेठ १४ २०८१०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend