शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

नेपालको घ्यू जापान निर्यात हुन थाल्यो, एक वर्षमा ५० हजार किलो घ्यू बिक्री गर्ने सम्झौता

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १३ २०८१
images
नेपालको घ्यू जापान निर्यात हुन थाल्यो, एक वर्षमा ५० हजार किलो घ्यू बिक्री गर्ने सम्झौता

अनुदान रकमले मात्रै उत्पादित दुग्धजन्य सामग्री जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए।

images
images

विराटनगर- कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिले उत्पादन गरिरहेको घ्यू जापान निर्यात सुरु भएको छ। 

images
images
images

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड वेभरेज इन्डष्ट्रिजले घ्यू जापान निर्यात गर्न सुरु गरेको हो।

images
images

सूर्योदय मिल्क एण्ड वेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको कुरा राख्दै यो कार्यको निरन्तर दिन उद्योगलाई अनुरोध गर्दै मन्त्रालयको सधैँ साथ र सहयोग रहने कुरा मन्त्रालयका सचिव लेखनाथ दाहालले बताए।

images
images

निर्यात शुभारम्भका लागि उद्योगस्थलमै आयोजना गरिएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सचीव लेखनाथ दाहाल, पूर्वप्रदेश सभासद जयराम यादव, नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, सरकारी कर्मचारी, डेरी उद्योगका संचालकहरुसहितको उपस्थिति रहेको थियो।

उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार किलो घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी उद्योगका संचालक एवं नेपाल डेरी एशोसिएसनका केन्द्रिय सदस्य मनोज कुमार यादjले जानकारी गराए। सम्झौतापत्रअनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँ बराबरको ५ हजार किलो परम घ्यूसहित चिउरा, चियारंग, मह जापान पठाउनेछ।

उद्योगले घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक किलो घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने कुरा मुख्यमन्त्री कार्कीले बताए।

प्रदेश सरकारले यसरी निर्यातमा सहयोग पुर्‍याएकोमा नेपाल डेरी एशोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले धन्यबाद दिँदै वार्षिक ३ अर्ब निर्यात हुने कोशी प्रदेशको मौलिक छुर्पी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न पहल गरिदिन पनि मुख्यमन्त्री कार्की र सचिव दाहाललाई आग्रह गरे।

विगत दुई वर्ष यता दूध तथा दुग्ध पदार्थको उपभोग कम भएर स्टक रहँदा नेपाल डेरी एशोसिएसन बजार खोज्ने क्रममा बंगला देश, श्रीलंका, तिब्बत, भुटानलगायतका ठाउँमा पुगेको थियो। तर लागत बढी र बार्‍है महिना बराबर परिणाम पुर्‍याउन नसक्ने कारण अल्मलिएर बसेको थियो। 

नेपाली बजारमा परम घ्यू प्रतिकिलो मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ। विराटनगरका स्थानीय अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका थिए। साढे ६ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दूध, दूध र घ्यू गरी तीन बेग्लाबेग्लै प्लान्ट सञ्चालनमा रहेका छन्।

२०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नै उत्पादन परम घ्यू जापान निर्यात गर्न सफल भएको छ। उद्योगले उत्पादन गरीरहेको दुग्धजन्य पदार्थमा कोशी प्रदेश सरकारको अनुदान छ। तर अनुदान रकमले मात्रै उत्पादित दुग्धजन्य सामग्री जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार निर्यात हुन लागेको पदम घ्यूको शुभारम्भ गर्दै प्रदेश सचिव लेखनाथ दाहाललाई उद्योगबाट उत्पादित अन्य दुग्धजन्य सामग्रीमा अनुदानको व्यवस्था गर्न निर्देशन दिएका छन्।


प्रकाशित : आइतबार, जेठ १३ २०८११९:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend