बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

राष्ट्रपतिसमक्ष महालेखापरीक्षक कार्यालयले बुझायो ६१औँ वार्षिक प्रतिवेदन

images
आइतबार, जेठ १३ २०८१
images
images
राष्ट्रपतिसमक्ष महालेखापरीक्षक कार्यालयले बुझायो ६१औँ वार्षिक प्रतिवेदन

सरकारले तोयम रायलाई महालेखापरीक्षकमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यकालको पहिलो प्रतिवेदन सार्वजनिक गरेका छन्।

images
images

काठमाडौं- महालेखापरीक्षक कार्यालयले राष्ट्रिपति रामचन्द्र पौडेलसमक्ष ६१औँ वार्षिक प्रतिवेदन बुझाएको छ। महालेखापरीक्षक तोयम रायले आइतबार दिउँसो राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेका हुन्।

images
images

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले महालेखापरीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए-नभएको र अनियमितता वा हानी नोक्सानी भए-नभएको विषयमा अझै गहनरुपले परीक्षण हुने विश्वास व्यक्त गरे।

images
images

उनले प्रतिवेदनमा उजागर भएका विषयले सम्बन्धित निकाय र सरोकारवालामा आर्थिक कार्यविधि एवम् वित्तीय उत्तरदायित्व प्रति सजग गराउने बताए। साथै उनले महालेखापरीक्षकलाई संविधान र कानूनले दिएको अधिकार र जिम्मेवारीको परिपालनाबाट मुलुकमा आर्थिक एवम् वित्तीय जवाफदेहीता, पारदर्शीता एवम् निष्ठा अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे।

images
images
images

कोभिड १९ अगाडिसम्म चैतसमान्तभित्र नै महालेखापरीक्षकको प्रतिवेदन सार्वजनिक गर्ने प्रचलन रहेको थियो। तर, कोभिड १९ का कारण प्रतिवेदन सार्वजनिक हुन ढिलाइ हुँदै आएकोमा गत वर्षको प्रतिवेदन चैतमै सार्वजनिक भएको छ।

यसअघि महालेखापरीक्षक टंकमणिको कार्यकाल सकिएसँगै सरकारले महालेखापरीक्षक नियुक्ति गर्न ढिलाइ भएकाले ६१औँ प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो।

सरकारले तोयम रायलाई महालेखापरीक्षकमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यकालको पहिलो प्रतिवेदन सार्वजनिक गरेका छन्। 


प्रकाशित : आइतबार, जेठ १३ २०८११६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend