शनिबार, साउन १२ गते २०८१    
images
images
images

नारायणगढ-मुग्लिन सडकखण्डको भित्तो काट्नेक्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

images
आइतबार, जेठ १३ २०८१
images
images
नारायणगढ-मुग्लिन सडकखण्डको भित्तो काट्नेक्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

'पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ।'

images

चितवन- नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ।

images
images

सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा२क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका-४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

images

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए। चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

'पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ। मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ', प्रनाउ रिजालले भने।

images

अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छाउने कार्य जारी रहेको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, जेठ १३ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend