बिहीबार , असार २६ गते २०८२    
बिहीबार , असार २६ २०८२
images
images

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार, ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ १३ २०८१
images
images
आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार, ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने

केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना-ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ।

images
images

वीरगञ्ज- राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ। 

images
images

हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए।

images
images

धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका उनले बताए। 'यी औजार तथा उपकरणको  मूल्य भने निर्धारण गरिसकेका छैनौँ', उनले उपकरण उपयोगी हुने विश्वास व्यक्त गर्दै भने। 

images
images
images

इन्जिनियर साहले तीन चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताए। केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना-ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ। हाल केन्द्रमा १५ जना कार्यरत छन्।

सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो। केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो। रासस


प्रकाशित : आइतबार, जेठ १३ २०८११०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend