शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

चक्रपथ बनाउन चासो नदिएको भन्दै काठमाडौं महानगरका मेयर बालेनले सडक विभागमा थुपारिदिए धुलो

images
शनिबार, जेठ १२ २०८१
images
चक्रपथ बनाउन चासो नदिएको भन्दै काठमाडौं महानगरका मेयर बालेनले सडक विभागमा थुपारिदिए धुलो

‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईँ काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु', मेयर बालेन शाहले लेखेका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालयअगाडि धुलो थुपारिदिएको छ।

images
images
images

चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण व्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग र मीनभवनस्थित डिभिजन सडक कार्यालयको बाहिर थुपारेको हो।

images
images

मेयर बालेन शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको फेसबुकमा लेखेका छन्। उनले शनिबार लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईँ काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु।'

images
images

मेयर शाहले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो र कष्ट व्यहोर्नुपरेको समेत बताएका छन्।

ktm.JPG

‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ। र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ’, उनले लेखेका छन्।

balen.JPG


प्रकाशित : शनिबार, जेठ १२ २०८११८:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend