काठमाडौं- न्यू भिजन नेपालले पशुपति क्षेत्रमा शनिबार सरसफाइ गरेको छ। संस्थाका ४२ जना सदस्यले बिहान पशुपति मन्दिर परिसर, राम मन्दिर र विद्युतीय शव गृह वरपर सरसफाइ गरेका हुन्।
संस्थाले २०६८ सालदेखि पटकपटक सरसफाइ कार्यक्रम गर्दै आएको छ।
शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म नदी र पशुपति क्षेत्रका मन्दिरमा सरसफाइ कार्यक्रम गरिएको संस्थाका अध्यक्ष अशोक भट्टले जानकारी दिए।
अध्यक्ष भट्टका अनुसार सो संस्थाले विगतदेखि नै समय-समयमा पुशपतिसहित बागमती र विष्णुमतीलगायत काठमाडौंका विभिन्न मठमन्दिरमा सरसफाइ अभियान चलाउँदै आएको छ।