शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

भारतद्वारा दाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

images
शनिबार, जेठ १२ २०८१
images
भारतद्वारा दाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४ सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ।

images
images

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १ करोड ७६ लाख रूपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको दाङको लमही नगरपालिकास्थित श्री बाल जनता माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ।

images
images
images

शनिबार लुम्बिनी प्रदेशका माननीय सामाजिक विकासमन्त्री रत्नबहादुर खत्री, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, लमही नगरपालिकाका मेयर जोगराज चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाश कुमार सिंहले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गरेका हुन्।

images
images

भारतको २ करोड ८७ लाख आर्थिक सहयोगमा निर्माण गरिएको दाङको घोराही उप-महानगरपालिकास्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय भवनको पनि आजै उद्घाटन गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उप-महानगरपालिकाका मेयर नरुलाल चौधरी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

images
images

बाल जनता माविलाई आवश्यक अन्य सुविधासँगै प्रयोगशाला, प्रयोगशाला उपकरण, फर्निचर र दुई तले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो। त्यसैगरी पद्मोदय पब्लिक नमुना माविलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको जानकारी दिइएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो। जिल्ला समन्वय समिति, दाङमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका माननीय मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख, दाङका उप-महानगरपालिकाका मेयर र लमही नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा भारतले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

बाल जनता मावि र पद्मोदय पब्लिक नमुना माविमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४ सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ।

यी मध्ये लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा ६१ वटा परियोजना रहेका छन् जसमा ६ वटा परियोजना दाङमा छन्। यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ, जसमध्ये लुम्बिनी प्रदेशलाई १ सय ६४ वटा एम्बुलेन्स र ४३ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १९ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस दाङ जिल्लालाई उपलब्ध गराइएको छ।


प्रकाशित : शनिबार, जेठ १२ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend