शनिबार, भदौ २९ गते २०८१    
images
images

सहकारीको रकम अपचलन : संसदीय समितिको विषयमा अझै जुटेन सहमति

images
शुक्रबार, जेठ ११ २०८१
images
images
सहकारीको रकम अपचलन : संसदीय समितिको विषयमा अझै जुटेन सहमति

कार्यदलको बैठक नटुंगिएको जानकारी दिँदै आज शुक्रबार नै पुनः छलफल गरेर सहमति नै हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

images
images

काठमाडौं- सहकारीको रकम अपचलनका सम्बन्धमा छानबीनका लागि गठन गर्न लागिएको संसदीय समितिको विषयमा सहमति जुटाउन आज शुक्रबार बसेको बैठकमा पनि मतैक्य हुन नसकेपनि पुनः बस्ने भएको छ।

images
images
images

कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दल तुलनात्मक रुपमा लचक रहेको भएपनि थप छलफल जरुरी रहेको निष्कर्ष निकालिएको नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

'विभिन्न विषयमा आज पनि छलफल भयो। उपप्रधानमन्त्री एवम् गृहमन्त्रीका विषयमा पनि थप छलफल आवश्यक देखियो। आज उहाँहरुले थप लचकता देखाउनुभएको छ' उनले भने।

विगतमा ल्याएको प्रस्तावभन्दा नयाँ प्रस्ताव आएको जानकारी दिँदै उनले बैठक अन्त्य नभएको र केही समयपछि पुनः बैठक बस्ने बताए। प्रमुख सचेतक बर्तौलाले सदनको बैठक नियमित रुपमा सञ्चालन हुने विश्वास व्यक्त गरे।

images

उनले कार्यदलको बैठक नटुङ्गिएको जानकारी दिँदै आज शुक्रबार नै पुनः छलफल गरेर सहमति नै हुने बताए। प्रमुख सचेतक बर्तौलाले सहकारीको रकम अपचलन भएकाको हकमा उल्लेख गर्ने तर व्यक्तिलाई नै दोषी देखाएर जाने कुरा गलत रहेको धारणा राखे। 

सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस लगातार संसद् अवरुद्ध गर्दै आएको छ।

प्रमुख राजनीतिक दलले गठन गरेको कार्यदलमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सह-महामन्त्री एवं सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्। 


प्रकाशित : शुक्रबार, जेठ ११ २०८११३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend