शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

मधेश प्रदेश : १० महिनामा १८.८ प्रतिशत खर्च

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ११ २०८१
images
मधेश प्रदेश : १० महिनामा १८.८ प्रतिशत खर्च

मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँटलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको हो।

images
images

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा १८.८ प्रतिशतमात्र खर्च भएको छ। 

images
images
images

मधेश प्रदेश लेखा नियन्त्रणको कार्यालय जनकपुरधामले मधेश प्रदेश सरकारको कुल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजारमध्ये उक्त अवधिमा १८ दशमलव आठ प्रतिशतमात्र खर्च भएको जनाएको हो।

images
images

उक्त अवधिमा चालु खर्चतर्फ २४ दशमलव ६४ प्रतिशत अर्थात चार अर्ब ४६ करोड ७४ लाख ६८ हजार तथा पुँजीगत तर्फ १४ दशमलव ४४ प्रतिशत अर्थात तीन अर्ब ६९ करोड २१ लाख ८० हजार बजेट खर्च भएको कार्यालयका लेखा अधिकृत मनोज झाले जानकरी दिए। 

images
images

मधेश प्रदेशको वर्तमान सरकारमा सम्बन्धित मन्त्रालयमा मन्त्रीको हेरफेर, सचिवलगायत कर्मचारीको अभाव, निमित्तको भरमा मन्त्रालय सञ्चालन हुनु, योजना र बजेट बाँडफाँटलगायत समस्याले लक्ष्यअनुसार विनियोजित बजेट खर्च नभएको उनले बताए। 
 
चालु आर्थिक वर्षको पूर्ण बजेटमध्ये चालुतर्फ १८ अर्ब ५४ करोड ५८ लाख तथा पुँजीगततर्फ २५ अर्ब ५७ करोड ७५ लाख ७४ हजार अर्थात ४४ अर्ब ११ करोड ४० लाख  ३२ हजार कुल बजेट रहेको सो कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा कुल बजेटको ६१ प्रतिशतमात्र खर्च भएको थियो। 

आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी रहेकाले यही अवस्थामा योपटक ५० प्रतिशतसमेत बजेट कार्यावन्यन हुन चुनौती रहेको जानकारहरूको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, जेठ ११ २०८१०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend