शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

किसानलाई बजारसँग जोड्न बरेङमा चक्रपथ निर्माण

images
बिहीबार , जेठ १० २०८१
images
किसानलाई बजारसँग जोड्न बरेङमा चक्रपथ निर्माण

गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पुर्‍याउन सजिलो भएको छ।

images
images

ढोरपाटन- पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ।

images
images
images

विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ। ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन्।

images
images

चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्‍याएको छ। चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्‍याउन सहज हुने भएको छ।

images
images

गाउँपालिकाले सात करोड रूपैयाँको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो। चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए। हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्‍याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ। 

चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन्। ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरुले ठूलै लगानी गरेर सम्पन्न गरेको उनको भनाइ छ। अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए।

'लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्', अध्यक्ष शर्माले भने, 'यो सडक गाउँपालिकाको गौरवको आयोजना हो। हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ।'

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए। यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकामा अहिले ४५ मिनेटमै पुग्न सकिने उनले बताए।

गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पुर्‍याउन सजिलो भएको छ। 'पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पुर्‍याउनुपर्थ्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पुर्‍याउन सकिन्छ', पुनले भने। रासस


प्रकाशित : बिहीबार , जेठ १० २०८११३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend