शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

images
बिहीबार , जेठ १० २०८१
images
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

कार्यवाहक प्रमुख कार्यकारी अधिकृतबाट देवेन्द्र रमण खनाललाई बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

images
images

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र रमण खनाल नियुक्त भएका छन्।

images
images
images

जेठ १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो। ४ वर्ष अवधिको लागि खनाल बैंकको प्रमुख कार्यकारी नियुक्त भएका हुन्।

images
images

यसअघि किरण कुमार श्रेष्ठ आफ्नो दुई कार्यकाल पूरा गरी अवकाश भएसँगै बैंकले खनाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो। 

images
images

निमित्त प्रमुख कार्यकारी अधिकृतबाट खनाललाई बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। 

बैंकको सीईओका लागि खनाल सहित २० जनाले आवेदन दिएका थिए। जसमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दुर्गाकुमारी कँडेल र पवन रेग्मी समेत रहेका थिए। 
यस्तै, माधवप्रसाद रेग्मी, कृष्णप्रसाद आचार्य, शंकर केसी, प्रमोदबाबु तिवारी, रामदेव यादव, अगम मखिया, विष्णदेव यादव, प्रकाशचन्द्र अधिकारी, डा.रामराज उपाध्यय,झविन्द्र खत्री, सरेश देवकोटा,कृष्णबहादुर अधिकारी, गणेशप्रसाद गौतम लगायतले आवेदन दिएका थिए। 

 

 


प्रकाशित : बिहीबार , जेठ १० २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend