शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

रुमलेभिरको तामाखानी अलपत्र, सञ्चालनमा ल्याउन सके करोडौँ आम्दानी र रोजगारीको सम्भावना

images
बुधबार, जेठ ९ २०८१
images
रुमलेभिरको तामाखानी अलपत्र, सञ्चालनमा ल्याउन सके करोडौँ आम्दानी र रोजगारीको सम्भावना
फाइल तस्बिर

एक सय १० वर्षअघि उनीहरूले तामाखानी उत्खनन गरी तामासँग अन्न साट्ने गरेका थिए। यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए।

images
images

म्याग्दी- एक सय १० वर्षअघि विसं १९७१ मा बन्द भएको म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानीस्थित रुमलेभिरको तामाखानी अलपत्र अवस्थामा छ।

images
images
images

तामाखानी विसं १९७१ अघि सञ्चालनमा आएको भए पनि त्यसपछि भने उत्खनन हुन सकेको छैन।

images
images

खानी उत्खनन गरेर तामा निकाल्न सिपालु छन्त्याल जातीले तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई भेजा (कर) तिर्न नसकेका कारण उक्त खानी राणा शासकको मौखिक आदेशमा बन्द गरिएको स्थानीय बताउँछन्।

images
images

तत्कालीन राणा सरकारले प्रतिबन्ध लगाएका कारण बन्द भएको सो तामाखानी देशमा संघीय गणतन्त्रात्मक व्यवस्था लागु हुँदासमेत सञ्चालनका लागि पहल नभएको स्थानीयको दुःखेसो छ।

'राजनीतिक परिवर्तनपछि गाउँमा जनप्रतिनिधि आएपछि खानी सञ्चालनमा आउने आशा गरेका थियौँ तर यतिका वर्ष बितिसक्दा पनि खानी सञ्चालनका विषयमा कसैले चासो राखेका छैनन्', स्थानीय ७७ वर्षीय गिरबहादुर छन्त्यालले भने।

ठाडाखानीमा छन्त्याल र विश्वकर्माको समुदायको बसोबास छ। एक सय १० वर्षअघि उनीहरूले तामाखानी उत्खनन गरी तामासँग अन्न साट्ने गरेका थिए। यसरी नै स्थानीयवासीले जीवन निर्वाह गर्दै आएका थिए।

तत्कालीन सरकारले अत्यधिक कर लिन थालेपछि तामाखानी बन्द गरी वैकल्पिक पेसा र वैदेशिक रोजगारीतर्फ लाग्नुपरेको रघुगंगा गाउँपालिका-६ का पूर्ववडासदस्य टेकजित छन्त्यालले बताए। उनका अनुसार रुमलेभिरमा पाँच सुरुङ छन्।

सुरुङको प्रवेशद्वारबाट दुईसय मिटरभित्र छिरेपछि तामाखानी हेर्न सकिन्छ। तामाखानी सञ्चालनमा आउन सके राज्यले वार्षिक लाखौँ आम्दानी गर्न सक्ने तथा स्थानीयवासीले रोजगारी पाउने सम्भावना छ।

'यहाँको तामाखानी वर्षौँदेखि बन्द छ,' उनले भने 'तामाखानी सञ्चालनका लागि यहाँका जनताले गाउँपालिका र सम्बन्धित सरोकारवालालाई आग्रह गरिरहेका छन् तर सुनुवाइ भएको छैन।'

तामाखानी सञ्चालनमा ल्याउन सके वार्षिक करोडौँ आम्दानी हुनुका साथै स्थानीयवासीले दीर्घकालीन रोजगारी पाउने भएकाले खानी सञ्चालनको पहल थाल्न वडा कार्यालयले गाउँपालिकालाई दबाब दिइरहेको रघुगंगा गाउँपालिका-६ का अध्यक्ष मनकुमार शेरपुर्जाको भनाइ छ। रासस


प्रकाशित : बुधबार, जेठ ९ २०८११६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend