शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

चालु आवमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर गण्डकीको, अन्य प्रदेशको कति?

images
बुधबार, जेठ ९ २०८१
images
चालु आवमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर गण्डकीको, अन्य प्रदेशको कति?

चालु आर्थिक वर्ष बागमती प्रदेशले ३.७८ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष गण्डकी प्रदेशको सबैभन्दा धेरै आर्थिक वृद्धिदर हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ।

images
images
images

चालु आर्थिक वर्ष यस प्रदेशले ४.५५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने कार्यालयको अनुमान छ। 

images
images

गण्डकी प्रदेशपछि सबैभन्दा धेरै आर्थिक वृद्धिदर लुम्बिनी प्रदेशले गर्ने अनुमान तथ्यांक कार्यालयको छ।

images
images

चालु आर्थिक वर्ष यस प्रदेशले ४.०५ प्रतिशत वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको छ। 

चालु आर्थिक वर्ष बागमती प्रदेशले ३.७८ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। 

सबैभन्दा कम आर्थिक वृद्धिदर कर्णाली प्रदेशको हुने देखिएको छ। यस प्रदेशले चालु आर्थिक वर्ष ३.३९ प्रतिशत हुने अनुमान गरिएको छ। सुदरपश्चिम प्रदेश कर्णालीपछि सबैभन्दा कम आर्थिक वृद्धिदर कायम हुने प्रदेश बनेको छ। यस प्रदेश चालु आर्थिक वर्ष ३.४१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ। 

aarthik bridhi.jpg

यस्तै चालु आवमा कोशी प्रदेशले ३.५१ प्रतिशत र मधेस प्रदेशले ३.७८ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरिएको छ।

चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको २० खर्ब ७४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

बागमती प्रदेशपछि सबैभन्दा धेरै कुल गार्हस्थ्य उत्पादन हुने प्रदेश कोशी प्रदेश हुने भएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ९ खर्ब ३ अर्ब पुग्ने अनुमान छ।

यस्तै, लुम्बिनी प्रदेशको ८ खर्ब १४ अर्ब रूपैयाँ, मधेस प्रदेश ७ खर्ब ४८ अर्ब रूपैयाँ, गण्डकी प्रदेशको ५ खर्ब १७ अर्ब रूपैयाँ, सुदुरपश्चिम प्रदेशको ४ खर्ब ४ अर्ब रूपैयाँ र कर्णाली प्रदेशको २ खर्ब ४४ अर्ब कुल गार्हस्थ्य उत्पादन पुग्ने राष्ट्रिय तथ्यांक  कार्यालयको अनुमान छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend