शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

अमेरिका, यूके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने तीनजना पक्राउ

images
बुधबार, जेठ ९ २०८१
images
अमेरिका, यूके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने तीनजना पक्राउ

अमेरिका, यूके र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images

काठमाडौं- आकर्षक तलबमा वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने ३ जना पक्राउ परेका छन्।

images
images
images

ठगी अभियोगमा ललितपुर बस्ने कैलालीका ३६ वर्षीय विशाल हमाल, काठमाडौं बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरीका ४५ वर्षीय सैलेश कुमार झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

images
images

पक्राउ परेकामध्ये विशालले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ ठगी गरेका थिए भने प्रशान्तले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख र सैलेशले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

images
images

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend