शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बालाजी ब्रान्डका घरायसी उपकरण अब नेपालमै उत्पादन हुने, ५० करोडको लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता

images
बुधबार, जेठ ९ २०८१
images
बालाजी ब्रान्डका घरायसी उपकरण अब नेपालमै उत्पादन हुने, ५० करोडको लगानी प्रतिबद्धतासँगै उद्योग दर्ता

४९ करोड ९० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको उद्योगमा २ सय ६५ जनाले रोजगारी पाउनेसमेत प्रस्ताव गरिएको छ।

images
images

काठमाडौं- भारतीय बालाजी ब्रान्डका घरायसी उपकरण अब नेपालमै उत्पादन हुने भएको छ। कम्पनीले नेपालमै उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको छ। बालाजी म्यानुफ्याक्चरिङ प्रालि दर्ता भएको छ।

images
images
images

उद्योग विभागका अनुसार बालाजी म्यानुफ्याक्चरिङमा ४९ करोड ९० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। उद्योग बारा जिल्लामा रहने छ।

images
images

उद्योगले वार्षिक १ लाख ५० हजार वटा हिटर, ५० हजार वटा इन्डक्शन कुकटप, कुकर इन्डक्नस ६० हजार, ६० हजार भान्सामा प्रयोग हुने भाँडाकुडा, फ्यान १ लाख २० हजार, मिक्स्चर ६० हजार र ग्यासस्टभ २ लाख थान वार्षिक उत्पादन लक्ष्यसहित उद्योग दर्ता भएको छ।

images
images

इन्फ्रारेट कुकटप ३० हजार, कुकर एण्ड आलमुनियम लगायतका ३० हजार भाँडाकुडा, विद्युतीय बल्ब, स्वीच तथा विद्युतीय फिटिङ र पल्ग लगायतका सामग्री १३ लाख थान उत्पादन गर्नेगरी उद्योग दर्ता भएको छ।

दर्ता विवरणमा उद्योगमा २ सय ६५ जनाले रोजगारी पाउनेसमेत प्रस्ताव गरिएको छ।


प्रकाशित : बुधबार, जेठ ९ २०८११४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend