शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

यी मन्त्रीहरूले देखाए सहकारीमा लाखौँ बचत

images
मंगलबार, जेठ ८ २०८१
images
यी मन्त्रीहरूले देखाए सहकारीमा लाखौँ बचत

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सबैको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

images
images
images

भ्रष्टाचार निवारण ऐन २०५९ को व्यवस्थाअनुसार सम्पत्ति विवरण पेश भएको र त्यसैलाई मन्त्रिपरिषदबाट निर्णय गराएर सार्वजनिक गरिएको हो। 

images
images

मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार विभिन्न चार मन्त्रीको सहकारीमा समेत सम्पत्ति रहेको छ। 

images
images

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको सिनर्जी कोअपरेटिभ लिमिटेडमा १८ लाख ४१ हजार र उनकी श्रीमती सृष्टी सिंहको नाममा २५ लाख रुपैयाँ गरी ४३ लाख ४१ हजार रुपैयाँ रहेको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालको जनसहकारीमा १ करोड १५ लाख र श्रीमती अम्बिका केसीको सोही सहकारीमा १५ लाख रुपैयाँ रहेको छ।

यसैगरी जनसागर सहकारीमा अर्यालको नाममा १० हजार कित्ता, श्रीमती केसीको नाममा सुवर्णभूमि सहकारी १ हजार कित्ता र संयम सहकारीमा २ हजार कित्ता सेयर रहेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको सिनर्जी बचत तथा श्रण सहकारी लिमिटेडमा ५० लाख र श्रीमती बसुन्धरा पौडेल अधिकारीको सोही सहकारीमा २ लाख रुपैयाँ रहेको छ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend