काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा १ करोड ४२ लाख रुपैयाँ नगद बचत रहेको उल्लेख गरेकी छिन्।
एनआईसी एसिया बैंकको चाबहिल शाखामा श्रेष्ठको १ करोड १५ लाख र चाबहिलमा नै रहेको एभरेष्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै उनले आफ्नो पति पाबल स्वाकिन्स्किले पारिश्रमिकबाट १ लाख ८९ हजार ७ सय डलर र १ लाख ८० हजार डलर उपहारबापत प्राप्त गरेको उल्लेख गरेकी छिन्।
यस्तै श्रेष्ठले बाबुले उपहार दिएको नबिल बैंकमा ७४९ कित्ता सेयरसहित अन्य ३ कम्पनीमा २५ प्रतिशतदेखि ७० प्रतिशतसम्म सेयर रहेको आफ्नो सम्पत्ति विवतरणमा उल्लेख गरेकी छिन्।
सुमना श्रेष्ठले आफ्नो नाममा १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटर र कोसी कोल्याबोको २० लाख मूल्य पर्ने ईभी रहेको उल्लेख गरेकी छिन्।
यस्तै श्रेष्ठले काभ्रेमा ८ वर्ग क्षेत्रेफल रहेको ९ लाख ९५ हजार बराबरको जग्गा रहेको खुलाइएकी छिन्। सुमनाको नाममा ११ तोला सुन, १०० तोला चाँदी, १ सेट हिराको गहना र १ सिट हिरा रहेको छ।