आइतबार, जेठ ६ गते २०८१    
images
images

टेलिकमको प्रबन्ध निर्देशकमा पूर्वप्रबन्धक आचार्यसहित ९ जनाको आवेदन

images
बुधबार, पुस ७ २०७८
images
images
टेलिकमको प्रबन्ध निर्देशकमा पूर्वप्रबन्धक आचार्यसहित ९ जनाको आवेदन

टेलिकमकै कर्मचारी  र पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आर्चाय सहित ९ जनाको आवदेन परेको छ।

images
images

काठमाडौं- नेपाल टेलिलकमको प्रबन्ध निर्देशकका लागि ९ जनाले आवेदन दिएका छन्। टेलिकमकै कर्मचारी र पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आर्चायसहित ९ जनाको आवेदन परेको छ।

images
images
images

आवेदन दिनेमा आचार्यसहित टेलिकमको वर्तमान प्रमुख व्यवसायिक अधिकृत संगिता पहाडी, इन्जिनियर अर्जुनबाबु ढकाल र सुनिल पौडेलले आवेदन दिएका छन्।

images

यसैगरी आवेदन दिनेमा टेलिकमकै पूर्वकर्मचारी प्रदीपराज उपाध्याय, सुरजसिंह थापा र टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंह रहेका छन्।

images
images

साथै आवेदनमा नगेन्द्रकुमार दाससहित ९ जना रहेको सञ्चार तथा सूचना प्रविधि मत्रालय स्रोतले बतायो। २ दिन अगाडि नै प्रबन्धक निर्देशकका लागि थालिएको  प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो।

images
images

तर अदालतबाट आदेशको कपी आज मात्रै आएको भन्दै मन्त्रालयले आवेदन लिएको र यही अवस्थामा अब प्रक्रिया रोकिने मन्त्रालयले जनाएको छ।


प्रकाशित : बुधबार, पुस ७ २०७८१२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend