बिहीबार , मंसिर १३ गते २०८१    
images
images

श्रममन्त्री अर्यालसँग २ सय ६० तोला सुनचाँदी र हिरा, १३ ठाउँमा घरजग्गा, अन्य सम्पत्ति कति?

images
मंगलबार, जेठ ८ २०८१
images
images
श्रममन्त्री अर्यालसँग २ सय ६० तोला सुनचाँदी र हिरा, १३ ठाउँमा घरजग्गा, अन्य सम्पत्ति कति?

श्रीमान र श्रीमतीको नाममा विभिन्न बैंक तथा सहकारीमा २ करोड १८ लाख नगद रहेकोसमेत विवरणमा उलेल्ले छ।

images
images

काठमाडौं- सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक भएको छ। सार्वजनिक सम्पत्ति विवरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग २ सय ६० तोला सुन, चाँदी र हिरा रहेको विवरण सार्वजनिक भएको छ।

images
images
images

अर्यालसँग १ सय ५० तोला सुन, १ सय तोला चाँदी र १० तोल हिरा रहेको विवरणमा उल्लेख छ। जसमा २०७४ सालको खरिद मूल्य अनुसार ८२ लाख रुपैयाँभन्दा बढीको सुन र ४ लाख रुपैयाँभन्दा बढी मूल्यको चाँदी अर्यालसँग छ।

images

यसैगरी अर्यालको नाममा ६ ठाउँमा जग्गा र श्रीमती अम्बिका केसीको नाममा ७ ठाउँमा घर तथा जग्गा रहेको छ।

images

केसीको नाममा ३ करोडमा खरिद गरेको काठमाडौं महानगरपालिकामा १६ मा घर रहेको समेत विवरण रहेको छ। यसैगरी केसीकै नाममा काठमाडौंको ४ ठाउँमा र धादिङमा २ ठाउँमा गरी ३४ आना जग्गा रहेको छ। यसको अनुमानित मूल्य घरसहितको ६ करोड ५० लाख रुपैयाँ रहेको छ।

यसैगरी मन्त्री अर्यालको लमजुङमा मात्रै ५ ठाउँमा जग्गा र भक्तपुरमा एक ठाउँमा जग्गा रहेको सम्पत्ति विवरण उल्लेख छ। लमजुङमा मात्रै १२ रोपनी जति जग्गा र भक्तपुरमा ८ आना जग्गा रहेको छ। जग्गाको मूल्य २ करोड रुपैयाँ बराबरी रहेको छ।

श्रीमान र श्रीमतीको नाममा विभिन्न बैंक तथा सहकारीमा २ करोड १८ लाख नगद रहेकोसमेत विवरणमा उलेल्ले छ। साथै अर्यालले जनसागर सहकारीबाट २ करोड ऋण लिएको र रेशम केसीलाई १ करोड ५० लाख दिएको समेत उल्लेख छ।

यसैगरी सुशिल प्रधानाङसँग ५० लाख लिएको र अहिलेसम्म १ करोड ऋण तिरेको विवरणमा उल्लेख छ। अर्यालसँग टोयोटा प्राडो कार र श्रीमतिसँग विद्युती गाडी रहेको विवरणमा उल्लेख छ।

यसैगरी अर्यालसँग स्वयम्भू स्टार ब्याङक्वेटमा १ करोड १५ लाख, सुमिरे ट्राभल्स एण्ड  टुर्स प्रालिमा ५ लाख, इजी लिंकमा  १ करोड र एपीए ह्याण्डीक्राफ्टसमा ३ लाख रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ।


प्रकाशित : मंगलबार, जेठ ८ २०८११४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend