बिहीबार , मंसिर १३ गते २०८१    
images
images

रघुवीर महासेठको सम्पत्ति : तीन जिल्लामा घरजग्गा, २ करोड नगद र ४३ तोला सुन

images
मंगलबार, जेठ ८ २०८१
images
images
रघुवीर महासेठको सम्पत्ति : तीन जिल्लामा घरजग्गा, २ करोड नगद र ४३ तोला सुन

मन्त्री महासेठसँग ४३ तोला सुन, साढे १ किलो चाँदी, ७ थान औँठी, ३ थान सिक्री लगायतका गहना रहेका छन्।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरणअनुसार देशका विभिन्न ठाउँमा घरजग्गा रहेको छ। 

images
images
images

जनकपुर, ललितपुर र सिन्धुलीमा उनको जग्गा रहेको छ। महासेठले अधिकांश जग्गा श्रीमती जुलीकुमारी महतोको नाममा रहेको उल्लेख गरेका छन्। जनकपुर र ललितपुरमा उनकै नाममा घर रहेको छ। 

images

ललिपुर-२५ मा महासेठको २ रोपनी जग्गामा साढे दुई तले घर रहेको छ। त्यस्तै ललितपुरमै १ रोपनी जग्गा रहेको छ। 

images

त्यस्तै महासेठले २ करोड २५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन्। ललितपुरको सैँबुमा रहेको जग्गा बिक्री र पैतृक जग्गामा हुने खेतीको आम्दानीबाट उक्त रकम आएको उनले उल्लेख गरेका छन्। 

यसैगरी मन्त्री महासेठसँग ४३ तोला सुन, साढे १ किलो चाँदी, ७ थान औँठी, ३ थान सिक्रीलगायतका गहना रहेका छन्।

त्यस्तै जुलीकुमारी महतोको नाममै गुडविल फाइनान्सको ५ लाखको सेयर, महिला लघुवित्तको १ करोडको सेयर र कर्पोरेट बैंकको २ करोड ५० लाखको सेयर रहेको उल्लेख छ।

 


प्रकाशित : मंगलबार, जेठ ८ २०८११४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend