बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

images
मंगलबार, जेठ ८ २०८१
images
images
धुलिखेल-खावा सडक : दुई दिन राजमार्ग बन्द गरेर विस्तारको काम

आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार किलोमिटर सडकखण्ड पूर्णरुपमा बन्द रहने जिप्रका काभ्रेपलाञ्चोकले जनाएको छ।

images
images

काभ्रेपलाञ्चोक- अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडकखण्ड बन्द गरेर विस्तारको काम गरिएको छ।

images
images

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिसहित सोमबार भएको बैठकले निर्माणाधीन उक्त खण्डमा आज र भोलि दिउँसो चार घण्टा बन्द गरेर विस्तारको काम गर्ने निर्णय गरेको थियो।

images
images

निर्णयअनुसार आज र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार किलोमिटर सडकखण्ड पूर्णरुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो।

images
images

कार्यालयले सार्वजनिक अपिल गर्दै त्यस खण्डमा सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शवबाहन र सुरक्षा निकायका सवारी साधनबाहेक) चार घण्टासम्म सञ्चालनमा पूर्ण रोक लगाइएकाले  वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

काठमाडौं-बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधन होराइजन होटल-आगन्तुक होटल (गोसाइँस्थान मार्ग)-रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्। यस्तै बनेपाको चार दोबाटो-रविओपी हुँदै पाँचखाल र बीपी राजमार्ग-तीन पिप्ले-पाँचखाल पुग्ने वैकल्पिक बाटो रहेकाले साना सवारीसाधनलाई सोही बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

यसका अतिरिक्त साना सवारीसाधनले नगरकोट-कुन्ताबेँसी-जिरोकिलो सडक पनि प्रयोग गर्न सक्नेछन् भने दोलालघाट-पाँचखाल हुँदै काठमाडौंतर्फ आउने सबै प्रकारका सवारीसाधनले जिरोकिलोबाट कुन्ताबेँशी नगरकोट सडक प्रयोग गर्न सक्ने छन्।

निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिको थियो। केही महिना समय थपेर पुनःनिर्माण थालिएकाले छिटो सम्पन्न गर्न राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। 

उक्त सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोकिएको थियो। उक्त खण्डका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रूपैयाँ बजेट विनियोजन गरिएको छ।

समयसीमासम्म २० प्रतिशत काममात्र भएकाले बाँकी काम चाँडै सम्पन्न गर्न ताकेता गरिएको सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर मेघराज मरासिनीले बताए।

नेपालको उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग गर्ने गरिएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ ८ २०८११३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend