आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

साउदी अरबले एकैपटक अर्डर गर्‍यो १ सय ५ वटा एयरबस

images
मंगलबार, जेठ ८ २०८१
images
साउदी अरबले एकैपटक अर्डर गर्‍यो १ सय ५ वटा एयरबस

‘साउदी ग्रुपले यहाँको हवाई इतिहासकै सबैभन्दा ठूलो डिल गरेको छ’ अल ओमारले रियादमा आयोजित फ्युचर एभिएसन फोरममा भनेका हुन्।

images
images

काठमाडौं- साउदी अरबको राष्ट्रिय विमान कम्पनीले एकै पटक १ सय ५ वटा विमान अर्डर गरेको छ। एकैपटक गरिएको यो अर्डर साउदीको हवाई इतिहासकै सबैभन्दा धेरै हो। 

images
images
images

साउदीले विमान अमेरिकी कम्पनी बोइङसँग नभइ युरोपेली कम्पनी एयरबससँग अर्डर गरेको हो। समस्यामा रहेको बोइङलाई उछिनेर एयरबसले १ सय ५ विमानको अडार पाएको छ। 

images
images

अर्डर भएका विमानहरु साउदी एयरलाइन र लोकस्ट एयरलाइन्स प्लाइअडलले प्रयोगमा ल्याउने छन्। एयरबसलाई १ सय ५ विमान अर्डर गरिएको र २०२६ को पहिलो त्रैमासबाट विमान आपूर्ति सुरु हुने साउदी ग्रुपका महानिर्देशक इब्राहिम अल ओमारले बताएको सीएनएनले लेखेको छ। साउदी ग्रुप त्यहाँको सरकारी स्वामित्वको कम्पनी हो। 

images
images

‘साउदी ग्रुपले यहाँको हवाई इतिहासकै सबैभन्दा ठूलो डिल गरेको छ’ अल ओमारले रियादमा आयोजित फ्युचर एभिएसन फोरममा भनेका हुन्। 

हाल साउदी ग्रुपसँग ९३ वटा एयरबस र ५१ वटा बोइङका विमान छन्। त्यस्तै यसअघि अर्डर भएको ३९ वटा विमान एयरबसबाट आपूर्तिसमेत हुन बाँकी रहेको छ। साउदी ग्रुपले गरेको १ सय ५ वटा विमान कति मूल्यको हो भन्ने बारे खुलाइएको छैन। 

यता आयोजक फ्युचर एभिएसन फोरमले जारी गरेको विज्ञप्तिमा भने कुल १९ अर्ब अमेरिकी डलर बराबरको विमान अर्डर भएको जनाएको छ। 

नयाँ विमान अर्डरले साउदी अबरको भिजन २०३० लाई सहयोग गर्ने गरि भएको अल ओमारले बताएका छन्। साउदी अरबले इन्धन व्यापारबाट आफूलाई पर्यटनलगायत अन्य क्षेत्रमा विस्तार गर्न चाहिरहेको छ। 

साउदीले बढ्दो मागलाई सम्बोधन गर्दै उडान र सिट संख्या दुवै बढाउँदै छ। ५ वटा महादेशका १ सय भन्दा बढी गन्तब्यमा साउदीले अहिले उडान गर्दैै आएको छ। यसलाई बढाउने र नयाँ गन्तव्यसमेत विस्तार गर्ने कम्पनीले जनाएको छ। 

साउदी अरबले २०३० सम्ममा हरेक वर्ष १ करोड ५० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी योजना लिएको छ। 


प्रकाशित : मंगलबार, जेठ ८ २०८११२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend