शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

पातपतिङ्‌गर डढेलोले सखाप पार्दा गरिब बस्तीमा इन्धनको चिन्ता

images
आइतबार, जेठ ६ २०८१
images
पातपतिङ्‌गर डढेलोले सखाप पार्दा गरिब बस्तीमा इन्धनको चिन्ता

महोत्तरीका मुसहर, बाँतर समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो।

images
images

महोत्तरी- बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि महोत्तरीको झुपरका स्थानीयवासी चिन्तित छन्। यसपालि वनमा पतझड झर्नेबित्तिकै डढेलो लागेकाले उनीहरुले पतिङ्गर सोहार्न पाएनन्। सोही कारण झुपर बस्तीका स्थानीयवासी बर्खामा खानेकुरा के ले पकाउने भन्ने चिन्तामा पिरोलिएका हुन्। 

images
images
images

अन्नपात बनिबुतो गरी जोहो गरे पनि पतिङ्गर साँच्न नपाउँदा खाना पकाउने इन्धन छैन। 'अमकीबेर पतोइ नई समटायल, बर्खामें केना खाना बनतै (यसपालि पतिङ्गर समेट्न सकिएन, बर्खामा अब कसरी खाना पाक्ला?)', भङ्गाहा-६ हसिर्वाको झपौल बस्तीकी हेमकली सदा मुसहर भन्छिन्, 'बोइन कक लायल दाना भी पकाक खाएके नोवत नइरहल (मजदुरी गरेर ल्याइने अन्नपात पनि पकाएर खाने अवस्था रहेन)।'

images
images

जिल्लाका मुसहर, बाँतर समुदायका गरिबको पतिङ्गर सोहोरेर इन्धनको जोहो गर्ने पुरानै चलन हो।

images
images

'चैत, बैशाख हमनीके पतोई सम्टके बेर रहैछै, मुदा अइसाल जङ्गलमें सुनगाइल आइगके कारण नई सम्ट सकली (चैत, बैशाख हाम्रो पतिङ्गर सोहोर्ने बेला हो, तर यसपालि डढेलोले दिएन)', गौशाला-४ की भुल्ली सदाले भनिन्, 'गामघरमें गिरहत फुलबारीमें पैस नई देइय, हमरा सबसन गरिबके कोनो जिनगी अई (गाउँघरका मालिक बगैँचामा पस्न दिँदैनन्, हामीजस्ता गरिबको कुनै जिन्दगी हो?)'

संकलित पतिङ्गर बेचेर कमाउने नगद पनि यसपालि नभएको भंगाह-४ पलारको बाँतरटोलकी पल्टी बाँतरले गुनासो गरिन्।

यहाँका स्थानीयवासीले चैत र बैशाखमा संकलन गरेका पतिङ्गर आफूलाई वर्षभरि चाहिने राखेर अरु किसानलाई बेचेर आम्दानी लिन्थे। बारीमा रोपिएका परवल, ओल, पिँडालु, अदुवा र बेसारलाई माटोमा चिस्यान राखिरहन पतिङ्गरले छोप्ने गर्छन्।

वनक्षेत्रको पतिङ्गर सोहोर्न नपाएपछि आउने बर्खाको इन्धनको जोहोका लागि स्थानीवासीहरु अहिले सडक, चउर र चरनक्षेत्र चहार्दै छन्। यी ठाउँमा केही गोबर संकलन गर्नसके चिपरी पथारेर सुकाउन सकिने उनीहरुको आशा छ। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११७:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend