शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

images
आइतबार, जेठ ६ २०८१
images
images
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

महानगरभित्र मंगलपुर-शिवनगर, पार्वतीपुर-शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ संघीय सरकारको बजेटमा निर्माण भएको छ। महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ।

images
images

चितवन- कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए। यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने अवस्था थियो। कतिपय ठाउँमा त यात्रुले नै बस धकेल्नुपर्ने बाध्यता थियो।

images
images
images

अहिले भने यहाँका सडकको स्वरुप नै फेरिएको छ भने यात्रुले सहजरूपमा यात्रा गर्न पाएका छन्। सात वर्षअघि जनप्रतिनिधि आएसँगै यहाँका सडकको स्वरुप फेरिएको हो। यहाँ यस अवधिमा सात सय किलोमिटर सडका कालोपत्र भइसकेको छ भने बाँकी रहेको एक सय किलोमिटर सडक कालोपत्रका लागि पनि महानगरले योजना बनाइरहेको छ।

images

भरतपुर महानगरपालिकाका इञ्जिनियर साकार लामाले महानगरभित्रको सडकको लम्बाइ एक हजार किलोमिटर रहेकामा नौ सय किलोमिटर सडक कालोपत्र गरिसकिएको बताए। महानगर प्रमुख रेनु दाहालको नेतृत्वपछि सात सय किलोमिटर सडक कालोपत्र भएको उनले जानकारी दिए। स्थानीय जनप्रतिनिधि आउनुअघि तीन सय किलोमिटर सडकमात्र कालोपत्र थियो।

images

महानगर प्रमुख दाहाल अघिल्लो कार्यकाल सडक कालोपत्र र विस्तारमा विशेष ध्यान दिएको, आगामी तीन वर्षभित्र महानगरभित्रका सबै मुख्य सडक कालोपत्र भइसक्ने योजना रहेको बताउँछिन्। यो अभियानमा स्थानीयसँगै प्रदेश र संघीय सरकारको बजेटबाट सडक कालोपत्र गरिएको उनले जानकारी दिइन्।

आफू पहिलोपटक महानगर प्रमुखमा निर्वाचित भएपछि सहरी विकास मन्त्रालयमार्फत स्मार्टसिटी पूर्वाधारका लागि विनियोजित  दुई अर्ब रूपैयाँबाट १७ वटा सहरी सडक निर्माण गरिएको उनले बताइन्।

'भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्म, वाइपास सडक, हुलाकी सडक, प्रचण्ड पथ र चक्रपथ निर्माणका लागि संघीय सरकारसँग विशेष पहल गरेर काम गर्न सफल भएका छौँ। अघिल्लो कार्यकालमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यान आफ्नो गृहजिल्लामा परेकाले पनि संघीय सरकारका योजना ल्याउन थप सहज भएको हो', उनले भने।

महानगरभित्र मंगलपुर-शिवनगर, पार्वतीपुर-शुक्रनगर हुँदै तेलौलीसम्म २१ किलोमिटर प्रचण्ड पथ संघीय सरकारको बजेटमा निर्माण भएको छ। महानगरको चक्रपथ ८० किलोमिटर छ, जसमध्ये ५५ किलोमिटर कालोपत्र भइसकेको छ। तीन तहका सरकारको साझेदारीमा यो सडक बनेको हो। दाहालका अनुसार हाकिमचोकदेखि सीतामाईसम्म बागमती प्रदेश सरकारको सहयोगमा कालोपत्र सडक बनेको छ भने जगतपुरदेखि शिवघाटसम्मको १६ किलोमिटर सडकको कालोपत्र काम गरिँदै छ।

संघीय सरकारसँगको सहायक राजमार्गको रूपमा भरतपुरदेखि चनौली मेघौली हुँदै गोलाघाटसम्मको सडकलाई विकास गरिएको छ। यस सडकलाई विस्तार र व्यवस्थापनका लागि संघीय सरकारसँग थप बजेटका लागि यसवर्ष पनि आग्रह गरिएको महानगर प्रमुख दाहालले जानकारी दिइन्।

महानगर उपप्रमुख चित्रसेन अधिकारी गाउँका सडक चौडा र कालोपत्र गरेपछि स्थानीय प्रत्यक्ष लाभान्वित भएको बताउँछन्। सडक सरसफाइका लागि महानगरले हालै ब्रुमरसमेत खरिद गरिएको र कालोपत्र सडकका छेउमा वृक्षरोपण गरेर हरियाली र सुन्दर बनाउने अभियानमा पनि अगाडि बढाइएको अधिकारीले जानकारी दिए।

'सडक बनाउने मात्रै होइन, सौन्दर्यीकरणका लागि पनि ध्यान दिइएको छ। हाल महानगरभित्रका मुख्य सडकको ८० किलोमिटर क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट जडान गरिसकेका छौँ। बाँकी एक सय ५० किलोमिटर सडक क्षेत्रमा स्मार्ट लाइट जडानका लागि सम्झौता भइसकेको छ। हामीले स्थानीयसँगको लागत साझेदारीमा सडक निर्माणको काम गरिरहेका छौँ। त्यसैले पनि यो सफलता मिलेको हो', अधिकारीले भने। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend