शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

मेची भन्सारबाट ३६ अर्बको वस्तु आयात हुँदा २० अर्बको निर्यात, १० महिनामा उठ्यो ११ अर्ब ५९ करोड राजस्व

images
आइतबार, जेठ ६ २०८१
images
images
मेची भन्सारबाट ३६ अर्बको वस्तु आयात हुँदा २० अर्बको निर्यात, १० महिनामा उठ्यो ११ अर्ब ५९ करोड राजस्व

'पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ।'

images
images

झापा- मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११ अर्ब ५९ करोड ३७ लाख ३४ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images
images

गत आर्थिक वर्षको तुलनामा यसवर्ष एक करोड ८७ लाख १३ हजार रूपैयाँ कम राजस्व संकलन भएको हो। 

images

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको बैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ।

images

उनले भने, 'पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ।' 

भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपीजीलयायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो।

भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको बैशाखसम्ममा गत आवको तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो। निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए।

उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार रूपैयाँ बराबरका वस्तु आयात भएको छ भने २० अर्ब २६ हरोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend