शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

मनाङमा ९ सय ५० सवारीचालक कारबाहीमा पर्दा ९ लाखभन्दा बढी राजस्व संकलन

images
आइतबार, जेठ ६ २०८१
images
मनाङमा ९ सय ५० सवारीचालक कारबाहीमा पर्दा ९ लाखभन्दा बढी राजस्व संकलन

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानूनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन्।

images
images

मनाङ- मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, आठ सय ३४ कार/ जीप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन्।

images
images
images

प्रहरी नायब उपरीक्षक एवम् प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट नौ लाख ९३ हजार पाँच सय राजस्व संकलन भएको छ। त्यसमध्ये ट्रक कारबाहीबाट ५१ हजार, कार जीपबाट आठ लाख २९ हजार पाँच सय, ट्याक्टर कारबाहीबाट ५२ हजार, मोटरसाइकल कारबाहीबाट सात हजार रूपैयाँ राजस्व संकलन भएको उनले बताए।

images
images

चालु आवको साउनमा ८० सवारीचालकबाट ८१ हजार पाँच सय, भदौमा ६७ बाट ६५ हजार, असोजमा एक सय ४५ बाट एक लाख ४८ हजार पाँच सय र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट दुई लाख ९५ हजार पाँच सय रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

यस्तै मङ्सिरमा एक सय ७५ सवारीचालकबाट एक लाख ६६ हजार, पुसमा ४३ बाट ३८ हजार पाँच सय, माघमा १५ बाट ११ हजार पाँच सय, फागुनमा ४२ बाट ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले ९९ हजार रूपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ।

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानूनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन्। त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ। 

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए। उनले भने, 'मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ। यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ।' रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend