शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

धनगढीमा दुई हजार मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा, लागत १० करोड ५० लाख

images
आइतबार, जेठ ६ २०८१
images
images
धनगढीमा दुई हजार मेट्रिकटन क्षमताको चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा, लागत १० करोड ५० लाख

चिस्यान केन्द्रको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब चाँडै नै निर्माण पूरा गरी सञ्चालनमा आउने बताइएको छ।

images
images

कैलाली- धनगढी उपमहानगरपालिका-१८ फूलबारीमा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

images
images
images

दश करोड ५० लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माणाधीन दुई हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइ धनगढीले जनाएको छ।

images

आयोजना कार्यान्वयन एकाइका इञ्जिनियर सौरभ कलौनीका अनुसार विसं २०७५ मङ्सिर १८ मा रविना कन्स्ट्रक्सन निर्माण कम्पनीसँग १० करोड ५० लाख ७३ हजार रूपैयाँमा ठेक्का सम्झौता भइ २०७७ मङ्सिरसम्म निर्माणसम्पन्न गरिसक्ने भनिए पनि विभिन्न कारणले ढिलाइ भएको थियो।

images

संघीय सरकारको सहयोगमा निर्माणाधीन सो केन्द्रको ८५ प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए। 'निर्माण कम्पनीको लापरबाहीका कारण निर्माण कार्य लम्बिँदै गएको थियो। पटक-पटक समयावधि थप गरेर हाल ८५ प्रतिशत कार्यसम्पन्न भएको छ। अब चाँडै बाँकी काम सक्ने गरी निर्माण कार्य भइरहेको छ', उनले भने।

धनगढी उपमहानगरपालिका-१८ का वडाध्यक्ष भुवन रिजालले चिस्यान केन्द्र सञ्चालनमा आए धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिकाकालगायत त्यस क्षेत्रका किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा आलु भण्डारणमा सहजता हुने विश्वास व्यक्त गरे।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामप्रसाद जोशीले कैलालीमा चिस्यान केन्द्र नहुँदा व्यावसायिकरूपमा फलफूल तथा तरकारीखेती गर्दै आएका किसानले समस्या झेल्नुपरेको बताए। फूलबारीमा चिस्यान केन्द्र  सञ्चालनमा आएपछि किसानलाई राहत हुने उनको विश्वास छ। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend