बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ६ २०८१
images
images
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षातका बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको छ।

images
images

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ भएर बग्ने वनहरा नदीमा २५ करोड रुपैयाँको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ। निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो।

images
images

'सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो', निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने, 'ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ।' पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उनले बताए। 

images
images

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षातका बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताए।

images
images

वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए।
 
'नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ' पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुसी व्यक्त गर्दै उनले भने। रासस


प्रकाशित : आइतबार, जेठ ६ २०८११०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend