शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

सुदूरपश्चिम : ट्राफिक कारबाहीबाट १० महिनामा चार करोड राजस्व संकलन

images
शनिबार, जेठ ५ २०८१
images
सुदूरपश्चिम : ट्राफिक कारबाहीबाट १० महिनामा चार करोड राजस्व संकलन
फाइल तस्बिर

अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लंघन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको छ।

images
images

कैलाली- सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व संकलन गरेको छ।

images
images
images

ट्राफिक प्रहरीले चालु आवको साउनदेखि बैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो।

images
images

सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लंघन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिए।

images
images

त्यस्तै सो अवधिमा भएका दुई सय ६० वटा सवारी दुर्घटनाबाट एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी एक सय ४५ जनाको मृत्यु भएको तथा चार सय ५५ जना घाइते भएको उनले जानकारी दिए।

उनका अनुसार सो अवधिमा एक सय ७५ मोटरसाइकल, ४४ जिप/कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा , १६ टेम्पो, १४ ट्रक/ट्यांकर, सात टिपर, सात माइक्रो, तीन वटा डोजर र चार अन्य गरी तीन सय ३८ वटा सवारी दुर्घटनामा परेका हुन्।

गत आव २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व संकलन भएको थियो।

सोही वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु, एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए।

चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेटलगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उनको भनाइ छ। उनले भने, 'ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ। ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ  साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन्।' रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११३:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend