शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

विकट गाउँमा सडक कालोपत्र हुँदा स्थानीय खुशी, कृषिउपजले बजार पाउने अपेक्षा

images
शनिबार, जेठ ५ २०८१
images
विकट गाउँमा सडक कालोपत्र हुँदा स्थानीय खुशी, कृषिउपजले बजार पाउने अपेक्षा

पूर्व पश्चिम राजमार्गको दलदलेबाट जम्मा ११ किलोमिटरको दुरीमा रहेको गाउँमा सडक निर्माण नहुँदा विकट थियो।

images
images

त्रिवेणी- नवलपुरको देवचुली नगरपालिका-५ बन्दिपुरका स्थानीय गाउँमा कालोपत्र सडक निर्माण हुँदा खुशी भएका छन्।

images
images
images

पूर्व पश्चिम राजमार्गको दलदलेबाट जम्मा ११ किलोमिटरको दुरीमा रहेको गाउँमा सडक निर्माण नहुँदा विकट थियो।

images
images

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सडक योजना’बाट गाउँमा कालोपत्र बाटो पुग्दा खुशी लागेको बिर्खबहादुर डिस्वाले बताए। 'केही वर्ष अघिसम्म बजारबाट निकट भएर पनि बाटो नपुग्दा विकट थियो, तीन/चार घण्टा लगाएर डोकोमा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था थियो, अहिले आँगन छेउमा कालोपत्र सडक बनेको छ, फोन गर्नेबित्तिकै एम्बुलेन्स आँगनमै आउँछ', डिस्वाले भने।

images
images

मौलाथुम्कीका गिरीप्रसाद बराल बाटो नहुँदा भुँइकटहरदेखि यहाँ उत्पादन भएका कृषि उपज बजारसम्म पुर्‍याउन नपाएको सम्झन्छन्। 'बर्खामा बाटो नहुँदा पाखाबारीभरि भुइँकटर कुहिने गर्दथ्यो, अब यसले पनि बजार पाउने भयो', बरालले भने।

यसबाहेक यहाँ उत्पादन हुने कृषि उपजले बजार पाउनेमा उनले विश्वास व्यक्त गरे। सडक निर्माण पूर्व कीर्तिपुरदेखि बन्दिपुरसम्म सडकको ट्र्याकसमेत खोलिएको थिएन। करिब दुई सय मिटर क्षेत्रमा नयाँ ट्र्याक खोली दुई गाउँलाई जोडिएको हो। 

जिल्लाको अग्लो डाँडा देवचुली र बरचुलीको काखमा अवस्थित कीर्तिपुर, बन्दिपुर, मौलाथुम्कीसहितका छ गाउँका बासिन्दालाई प्रदेश सरकारको लगानीमा निर्माण भएको बाटोले सुविधा थपेको छ। गाउँमा कालोपत्र सडक निर्माणसँगै अन्य विकासका सम्भावना बढेको देवचुली-६ का वडाध्यक्ष मीनबहादुर सोतीले बताए।

सुविधा नभएर गाउँ छाडी बजार झर्नेहरुको सङ्ख्यासमेत रोक्ने उनले बताए। 'पहिले बाटो नभएकै कारण विकट थियो, कति गाउँलेहरू सुविधा खोज्दै बजार झरे, अब एकै छिनमा बजार पुगिन्छ, सबै सुविधा क्रमशः गाउँमा आएको छ, बसाइँसराइसमेत कम हुन्छ भन्ने विश्वास छ', वडाध्यक्ष सोतीले भने।

सडकको सुविधा भएसँगै अब गाउँमै आयआर्जनलाई जोड्ने क्रियाकलाप गर्ने योजना रहेको उनले बताए। गाउँको शिरमा सबैभन्दा अग्लो डाँडा देवचुली पर्ने हुँदा पर्यटकीय सम्भावनासमेत रहेकाले त्यसैलाई लक्षित गरी योजना बनाउँदै जाने उनले बताए।

गण्डकी प्रदेश सरकारको योजनाअनुसार आफ्नो पहिलो कार्यकालमा एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गत देवचुलीको मुण्डेदेखि मौलाथुम्कीसम्म १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य अघि बढाइएको प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले बताए। यस योजनाले देवचुली-५ र ६ का आधा दर्जन गाउँलाई सुविधा भएको उनले बताए।

कालोपत्र सडकसँगै खानेपानीका योजना सम्पन्न भएको र सिँचाइका योजनासमेत अघि बढ्दै गरेकाले गाउँमा सुविधासहित आयआर्जनका क्रियाकलाप बढ्ने हुँदा गाउँ रित्तिने क्रम रोकिनेमा उनले विश्वास व्यक्त गरे। यस खण्डमा थप तीन पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसका लागिसमेत पहल भइरहेको उनले बताए।

विसं २०७६ मा २८ करोड २३ लाख रूपैयाँको लागतमा रायमाझी कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पारी काम अघि बढाएको थियो। विसं २०८१ असार मसान्तसम्म ठेक्काको म्याद रहेको यस योजनाको लगभग सबै काम सकिन लागेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताए। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend