शनिबार, भदौ २९ गते २०८१    
images
images

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

images
शनिबार, जेठ ५ २०८१
images
images
हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन

विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

बागमती- मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व संकलन गरेको छ। 

images
images
images

विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रूपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सो अवधिको तुलनामा करिब चार दशमलव ५२ प्रतिशत कम राजस्व संकलन हो।

उपमहानगरपालिकाले चालु आवमा ३० करोड ९४ लाख पाँच हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा विभिन्न शीर्षकमा २६ करोड ३५ लाख ३२ हजार पाँच सय ६० रूपैयाँ राजस्व संकलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए।

उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करबाट पाँच करोड ९४ लाख २० हजार, घरबहाल करबाट चार करोड ६६ लाख ८७ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट चार करोड ५९ लाख ८६ हजार, बहाल बिटोरी करबाट दुई करोड पाँच लाख ४७ हजार,  सिफारिस दस्तुरबाट  दुई करोड ८६ लाख ३१ हजार संकलन भएको छ।

images

यस्तै व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट एक करोड ९४ लाख २४ हजार, सरकारी सम्पत्ति बहालबाट एक करोड ९६ लाख, ढुंगा, गिट्टी, बालुवा बिक्रीबाट एक करोड ८० लाख रूपैयाँ, नक्सा पास दस्तुरबाट ७८ लाख ६२ हजार र प्रशासनिक दण्ड जरिवानाबापत  ५१ लाख ३२ हजार दुई सय ५५ रूपैयाँ राजस्व संकलन भएको श्रेष्ठले बताए।

गत आव २०७९/८० को १० महिनाको तुलनामा यो करिब तीन करोड ८२ लाख २५ बढी राजस्व संकलन भएको हो। उपमहानगरपालिकाले गत आव २०७९/८० मा ३४ करोड ९३ लाख पाँच हजार दुई सय राजस्व संकलन गर्ने लक्ष्य रहेकामा साउनदेखि बैशाखसम्म विभिन्न शीर्षकमा २२ करोड ५३ लाख छ हजार आठ सय ९४ राजस्व संकलन गरेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म घरजग्गा रजिष्ट्रेसन शुल्क उपमहानगरपालिकाले उठाउँदै आएकामा गत आव २०७९/८० बाट राजस्व बाँडफाँट शीर्षकमा तीनै तहका सरकारमा राजस्व संकलन हुन थालेको छ।

चालु आवमा घरजग्गा कारोबारमा कमी आउनु, ढुंगा, गिट्टी, बालुवा निकासी ठेक्का लगाउन नसक्नु, सिमेन्ट निकासीको ठेक्का लाग्न नसक्नु, सडक पूर्वाधार मर्मतसम्भारको ठेक्का लाग्न नसक्नुलगायत कारणले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको श्रेष्ठको भनाइ छ। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend