शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

ट्रयाक खुलेको २६ वर्षपछि चार करोड खर्चिएर कट्टेलचोक-आमाडाँडा सडकखण्ड कालोपत्र

images
शनिबार, जेठ ५ २०८१
images
ट्रयाक खुलेको २६ वर्षपछि चार करोड खर्चिएर कट्टेलचोक-आमाडाँडा सडकखण्ड कालोपत्र

पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्‍याउन सहज भएको छ।

images
images

गोरखा- गोरखा नगरपालिकास्थित कट्टेलचोक-कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेको करिब २६ वर्षपछि सो सडकखण्ड कालोपत्र गरिएको हो।

images
images
images

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले चार करोड ११ लाख ५६ हजार रूपैयाँको लागतमा कट्टेलचोक-आमाडाँडा सडकखण्ड कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेशप्रसाद सुवेदीले जानकारी दिए। गत बैशाखमा सडक कालोपत्र थालिएको हो। 

images
images

गोरखा नगरपालिका-८ र ९ जोड्ने उक्त सडकखण्ड  २०५५ सालमा निर्माण गरिएको थियो। सडक कालोपत्र गरिएपछि जनजीवन सहज भएको स्थानीय शान्ता कट्टेलले बताइन्।

images
images

'सडक कालोपत्र नहुँदा वर्षौँदेखि कच्ची सडकमा बर्खामा हिलो र हिउँदमा धुलोले हैरानी खेप्दै आएका थियौँ', उनले भनिन्।

पक्की सडक निर्माणपछि कृषिउपज बजारसम्म पुर्‍याउन सहज भएको छ। रासस


प्रकाशित : शनिबार, जेठ ५ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend