शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नाडाको ध्यानाकर्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
images
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नाडाको ध्यानाकर्षण

यसले गर्दा अटोमोबाइल व्यवसाय गम्भीर रुपले प्रभावित बनेकाले लोन टू भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्‍याउनु पर्ने भनेकामा यो सम्बोधन नभएको प्रति नाडाले ध्यानाकर्षण भएको जनाएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैकले शुक्रबार जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मोद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार नै विज्ञप्तिी जारी गर्दै नाडाले ध्यानाकर्षण भएको जनाएको हो। 

images
images
images

उक्त त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १ सय २५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाइ १ सय प्रतिशत कायम गरिने व्यवस्था गरेको छ।

images
images

त्यसैगरी उक्त समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ। 

images
images

त्यसैगरी सो समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाइ १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ जुन ज्यादै सकारात्मक रहेको नाडाको भनाइ छ। 

तथापी नाडाले नेपालको अटोमोबाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण नीतिगत सुझावहरु पनि दिएको थियो। पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमा तोकिएको छ। 

यसले गर्दा अटोमोबाइल व्यवसाय गम्भीर रुपले प्रभावित बनेकाले लोन टू भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्‍याउनु पर्ने भनेकामा यो सम्बोधन नभएको प्रति नाडाले ध्यानाकर्षण भएको जनाएको छ। 

नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोही अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने, घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनु पर्ने भनि नाडाले सुझाव दिएको थियो। 

नाडाले दिएका सुझावहरुका विषयहरुमा भने उक्त समीक्षामा कुनै सम्बोधन नगरिएको नाडाको भनाइ छ। यसले शिथिल बनेको अटोमोबाइल व्यवसायलाई कुनै हिसाबमा सम्बोधन नगरेको नाडाको जिकिर छ। 

नेपाल राष्ट्र बैंकले ल्याएका यी आशिंक सुधारहरु निश्चय नै सकारात्मक छन् र नाडाले दिएको उक्त सुझावहरु पनि आउदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुँदै जाने छ भन्ने विषयमा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरु विश्वस्त रहेका छन्,नाडाले विज्ञप्तिमा भनेको छ।


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११९:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend