शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

कोशीमा मन्त्रीमण्डल विस्तार : आर्थिकमा रामबहादुर राना मगर, भौतिकमा गणेश उप्रेती

images
शुक्रबार, जेठ ४ २०८१
images
कोशीमा मन्त्रीमण्डल विस्तार : आर्थिकमा रामबहादुर राना मगर, भौतिकमा गणेश उप्रेती

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीले पाएका छन् भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई नियुक्त भएका छन्।

images
images

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका छन्। विस्तारित मन्त्रीमण्डलको आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर राना मगर र भौतिक पूर्वाधार मन्त्रालयमा गणेश उप्रेतीले जिम्मेवारी पाएका छन्। 

images
images
images

सात मन्त्री र दुई राज्यमन्त्रीसहित शुक्रबार सरकार विस्तार गरेका कार्कीले उद्योग कृषि तथा सहकारी मन्त्रालय आफै राखेर बाँकी मन्त्रालयको जिम्मेवारी अन्यलाई प्रदान गरेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्रीमा लिलाबल्लभ अधिकारी नियुक्त भएका छन्। 

images
images

त्यस्तै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजेन्द्र कार्कीले पाएका छन् भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई नियुक्त भएका छन्। पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरलाई नियुक्त गरेका कार्कीले दुई राज्यमन्त्रीलाई समेत जिम्मेवारी प्रदान गरेका हुन्। 

images
images

सिर्जना राई मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्री बनाइएको छ भने वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। 


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend