शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

गर्मी बढेको बढ्यै : अधिकतम तापक्रम ४० डिग्रीमाथि

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
images
गर्मी बढेको बढ्यै : अधिकतम तापक्रम ४० डिग्रीमाथि

तीन दिनयता काठमाडौं उपत्यकामा गर्मी बढेको महसुस भएको छ। काठमाडौंमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images

काठमाडौं- नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ।

images
images
images

देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताए।
     
उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिए। 'तापक्रम निरन्तर बढिरहेको छ। बिहीबार देशका आठ स्टेशनमा ४० डिग्री तापक्रम पुगेको थियो। अहिले पनि तीन/चार स्टेशनमा ४० डिग्री कटेको देखिन्छ। तराईका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ', उनले भने।
     
मौसमविद् मानन्धरका अनुसार कपिलवस्तुको तौलिहवा र नेपालगञ्ज, बाँकेको खजुरालगायतका स्थानमा तापक्रम ४० डिग्री कटेको छ। उनले भने, 'पूर्वी भेगमा बादल लागेको अवस्था छ, पश्चिमतर्फ वर्षा गराउने बादल देखिँदैन त्यसैले गर्मी अझै बढ्ने देखिन्छ।'  

images
images

मौसमविद् मानन्धरका अनुसार नेपालमा हालसम्म सन् १९९५ जुन १६ मा ४६ दशमलव ४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। उक्त तापक्रम हालसम्मकै उच्च हो। काठमाडौंमा सन् ७ मे १९८९  मा अधिकतम तापक्रम ३६ दशमलव ६ डिग्री पुगेको थियो।
     
तीन दिनयता काठमाडौं उपत्यकामा गर्मी बढेको महसुस भएको छ। काठमाडौंमा ३१ देखि ३३ डिग्री हाराहारी तापक्रम मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो वर्ष औसत र औसतभन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ। यो वर्ष जुनको १३ तारिख अर्थात् जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने अनुमान गरिएको छ। रासस

images
images


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend