बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

बागमती प्रदेशमा १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ४ २०८१
images
images
बागमती प्रदेशमा १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट ट्राफिक प्रहरीले सवारी साधनको गति निगरानी गरिरहेको छ।

images
images

बागमती- सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार ३ सय १६ सवारी चालकमाथि कारबाही गरेको छ। 

images
images

कारबाहीबाट १४ करोड ३३ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

images
images

पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि  नियम उल्लंघन गन कारबाही गरेको हो। 

images
images
images

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ।

उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व संकलन गरेको थियो। उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो।

आव २०७८/७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी दुई करोड ४१ लाख ७० हजार राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : शुक्रबार, जेठ ४ २०८११०:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend