बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

नेपाल उद्योग परिसंघ र ईयू पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिका विषयमा छलफल

images
बिहीबार , जेठ ३ २०८१
images
images
नेपाल उद्योग परिसंघ र ईयू पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धिका विषयमा छलफल

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुन: सुचारु गराउन सहयोग गर्न आग्रह गरे।

images
images

काठमाडौं- नेपाल उद्योग परिसंघ र युरोपियन युनियनका पदाधिकारीबीच द्विपक्षीय व्यापार र आर्थिक सहयोग अभिवृद्धि लगायतका विषयमा छलफल भएको छ।

images
images

परिसंघले युरोपेली आयोगका उपमहानिर्देशक मिरियाम फेरान, नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोलगायत युरोपियन युनियनका विशिष्ट व्यक्तिहरूसँग दुई पक्षीयसहितका विषमा छलफल गरेको हो। 

images
images

छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाल र युरोपियन युनियनबीचको आर्थिक र व्यावसायिक सम्बन्धका विषयमा चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि ईयूले आगामी दिनमा गर्न सक्ने सहयोगका क्षेत्रका विषयमा जानकारी गराए। उनले युरोपेली मुलुकहरूमा सिधा उडानहरू पुन: सुचारु गराउन आवश्यक सहयोग गर्न आग्रह गरे। सुरक्षा सूचीबाट हटाइ नेपालको पर्यटन क्षेत्रमा योगदान गर्न उनले आग्रह गरेका हुन्।

images
images
images

नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले युरोपियन युनियन नेपालको आर्थिक वृद्धि र विकासको यात्रामा सहयोग गर्न प्रतिबद्ध रहेको बताए। साथै यो छलफलले दुवै राष्ट्रहरूबीच सहयोग र व्यापार बढाउने सम्भावनालाई उजागर गरेको उनले बताए।

छलफल मुख्यतः व्यापार सम्बन्ध सुदृढ गर्ने, नेपाली उत्पादनलाई ईयू बजारमा निर्यात क्षमता वृद्धि गर्ने, सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरेपछिको अवस्था, नेपालका लागि जीएसपी (जनरलाइज्ड स्किम अफ प्रिफरेन्स प्लस) स्थिति सुरक्षित गर्न युरोपियन युनियनको सहयोग, नेपालको उत्पादन र आईटी क्षेत्रको सम्भावना लगायत व्यवसायिक लाभ र आर्थिक विकासका विषमा केन्द्रित थियो। 

छलफलमा परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष राज बहादुर शाह, परिसंघ महिला नेतृत्व फोरम सभापति छाया शर्मा, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए। 


प्रकाशित : बिहीबार , जेठ ३ २०८११८:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend