बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

images
बिहीबार , जेठ ३ २०८१
images
images
निगमको सेवालाई थप चुस्त बनाउन पर्यटनमन्त्रीको निर्देशन

भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ।

images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायु सेवा निगमको प्रतिफल देखिनेगरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

images
images

आज नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय अनुगमनका क्रममा उनले निगमको सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए।

images
images

पर्यटनमन्त्री तामाङले निगमको हितमा हुने हरेक कार्यमा आफ्नो सहयोग रहने र कर्मचारीले आफ्नो दायित्व परिपालनामा सचेत रहन आग्रहसमेत गरे। 'निगमको हितमा हुने हरेक काममा म तपाईँहरूसँगै छु। तपाईँहरूले पनि आफ्नो विभाग र आफूले गर्नुपर्ने कार्यमा दत्तचित्त भएर लाग्नुहोला। ढिलासुस्ती र निगमलाई नोक्सानी हुने कुरामा सचेत रहनुहोला', उनले भने।

images
images
images

त्यसअवसरमा पर्यटन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले निगमको प्रगतिका लागि सबै कर्मचारीले इमान्दारीपूर्वक काम गर्नुपर्ने र मन्त्रालयस्तरबाट गर्नुपर्ने कार्यमा सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

यसैबीच मन्त्री तामाङले निगमको चालु आव २०८०/८१ को समीक्षा र आगामी आव २०८१/८२ को वार्षिक योजना तथा बजेट प्रक्षेपण बैठकको उद्घाटनसमेत गरेको निगमले जनाएको छ। बैठकमा निगमका कार्यकारी अध्यक्षलगायत नायब महाप्रबन्धक (प्रा), निगमका सम्पूर्ण विभागीय प्रमुख, निगमका दसवटै अन्तर्राष्ट्रिय स्टेशनका प्रमुख, सम्बन्धित महाशाखा तथा शाखा प्रमुख र निगममा क्रियाशील ट्रेड युनियनका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराएका थिए भने बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको बजारस्थिति र बजारीकरणको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए।

भोलि शुक्रबारसम्म चल्ने बैठकले निगमको आगामी योजना, कार्यक्रम र बजेट तयार गर्ने जनाइएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend