बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

images
बिहीबार , जेठ ३ २०८१
images
images
कर्णाली र सुदूरपश्चिम सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउँदै उद्योगमन्त्री दामोदर भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आईएमई ग्रुपसँग छलफल भइरहेको बताए।

images
images

बैतडी- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताएका छन्।

images
images

बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताए।

images
images

उनले भने, 'सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ।'

images
images
images

सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उनको भनाइ थियो।

'हामीकहाँ सम्भावना धेरै छन्। कृषि, उद्योग र उद्यमशीलता अहिलेको प्राथमिकता हो। युवाहरूलाई उद्यमशीलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ', उनले भने।

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउँदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आईएमई ग्रुपसँग छलफल भइरहेको बताए।

उनले भने, 'विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ। दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइँदैछ। बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग विस्तार गरिनेछ।' रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend