बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुँदै, १५ देशका प्रदर्शक सहभागी हुने

images
बिहीबार , जेठ ३ २०८१
images
images
अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुँदै, १५ देशका प्रदर्शक सहभागी हुने

प्रदर्शनीमा  पोल्ट्रीसँग सम्बन्धित सबै किसिमका उपकरण, प्रविधिलगायत सामग्री रहने छन्। पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपो फलदायी हुने विश्वास लिइएको छ।

images
images

चितवन- नेपाल र भारतका पोल्ट्रीसँग सम्बन्धित दुई संस्थाको आयोजनामा अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ।

images
images

नेपाल पोल्ट्री महासंघ र अल इण्डिया पोल्ट्री इक्युपमेन्ट म्यानुफ्याक्चर एसोसिएसनको आयोजनामा यही जेठ १८ देखि २० गतेसम्म भरतपुरमा प्रदर्शनी हुन लागेको हो।

images
images

प्रदर्शनी भरतपुरस्थित प्रदर्शनी केन्द्रमा हुँदैछ। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले दुई सयभन्दा बढी स्टल रहने प्रदर्शनीमा १५ देशबाट प्रदर्शक सहभागी हुने जानकारी दिए।

images
images
images

प्रदर्शनीमा पोल्ट्रीसँग सम्बन्धित सबै किसिमका उपकरण, प्रविधिलगायत सामग्री रहने छन्। व्यवसाय गरिरहेका र गर्न चाहनेहरूका लागि प्रदर्शनी निकै उपयोगी हुने उनले बताए।

प्रदर्शनीमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका विषयमा विज्ञलाई बोलाएर पाठशाला सञ्चालन गरिने विष्टले जानकारी दिए। उनका अनुसार प्रदर्शनीमा आधुनिक प्रविधिका बारेमा छलफल गरिनेछ। कम लागतमा उत्पादन बढाउने विषयमा पाठशाला केन्द्रित रहने छ।

'कोभिडपछि नेपालको पोल्ट्री क्षेत्र धरासयी बन्दै गएको छ। अहिले समग्रमा उत्पादन आधा घटेको छ। धेरै व्यवसायी पलायन भएको अवस्था छ', विष्टले भने, 'पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्सपो फलदायी हुनेमा विश्वस्त छौँ।'

नेपालमा पहिलोपटक चितवनमा विसं २०५२ मा पोल्ट्री प्रदर्शनी गरिएको थियो। त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फड्को मार्न सफल भएको विष्टले बताए।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले अहिले समग्र अर्थतन्त्र कमजोर रहेको भन्दै पोल्ट्री क्षेत्र यसबाट प्रभावित बनेको बताए। स्वदेश र विदेशका विज्ञहरु एक ठाउँमा उपस्थित भएर नयाँ प्रविधिका बारेमा ज्ञान आदानप्रदान गरिने भएकाले प्रदर्शनी प्रभावकारी हुने उनले बताए। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend