बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

जाजरकोट भूकम्पपीडितलाई बेलायतको दुई अर्ब १८ करोडभन्दा बढी सहयोग

images
बिहीबार , जेठ ३ २०८१
images
images
जाजरकोट भूकम्पपीडितलाई बेलायतको दुई अर्ब १८ करोडभन्दा बढी सहयोग

बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिंगर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ।

images
images

काठमाडौं- बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ दुई अर्ब १८ करोड ४० रूपैयाँ प्रदान गरेको छ।

images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, बेलायतको सहयोग नियोग (युके एड) र नेपालस्थित राष्ट्रसंघीय कार्यालयले संयुक्तरुपमा आज जारी गरेको विज्ञप्तिअनुसार भूकम्प प्रभावित क्षेत्रका ५० हजार मानिसलाई स्वच्छ पेयजल, सरसफाइ, पोषण, खाद्य सुरक्षालगायत आवश्यकता सम्बोधन गर्न उक्त रकम प्रदान गरिएको हो।

images
images

बहुसाझेदार कोषमार्फत प्राप्त उक्त सहायता राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक एवं मानवीय समन्वयकर्ता हाना सिंगर हाम्दी नेतृत्वको टोलीले परिचालन गर्नेछ।

images
images
images

गत कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको कम्पन हुँदा एक सय ५७ जनाको ज्यान गएको थियो। भूकम्पलगत्तै बेलायत सरकारले आठ करोड ४० रूपैयाँ प्रदान गरेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend