बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

जलवायुसम्बन्धी कार्यक्रमका लागि फिनल्याण्डले नेपाललाई १३ मिलियन युरो सहयोग गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ३ २०८१
images
images
जलवायुसम्बन्धी कार्यक्रमका लागि फिनल्याण्डले नेपाललाई १३ मिलियन युरो सहयोग गर्ने

मन्त्रिपरिषद बैठकले फिनल्याण्ड सरकारले दिने १३ मिलियिन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो।

images
images

काठमाडौं- सरकारले जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका लागि फिनल्याण्ड सरकारबाट १३ मिलियन युरो (करिब १ अर्ब ८८ करोड) रुपैयाँ अनुदान सहायता पाउने भएको छ।

images
images

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले फिनल्याण्ड सरकारले दिने १३ मिलियिन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

images
images

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कनाथ पौडेललाई बढुवा गर्ने, नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय पनि गरेको छ। 

images
images
images

साथै नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने र न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि भएको छ।


प्रकाशित : बिहीबार , जेठ ३ २०८११६:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend