बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ जीर्णोद्वार भइरहेछ 'पञ्चायत घर'

images
बिहीबार , जेठ ३ २०८१
images
images
पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ जीर्णोद्वार भइरहेछ 'पञ्चायत घर'

पञ्चायती व्यवस्थाको झलकका रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकलाई चिनाउने योजना गाउँपालिकाको छ।

images
images

गलकोट- बागलुङको तमानखोला गाउँपालिका-३ तमान गाउँमा रहेको जीर्ण पञ्चायत घर गाउँपालिकाले संरक्षण थालेको छ।  

images
images

गाउँपालिकाले पञ्चायत घरलाई पुनर्निर्माण गरी पाहुना घर र पुस्तकालय बनाउने योजनाका साथ भवन जीर्णोद्वारा गरिरहेको छ।

images
images

नेपालमा २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य भए पनि पञ्चायती व्यवस्था सञ्चालन भएको तमान गाउँको पञ्चायत घर हालसम्म जीवित छ। उक्त ऐतिहासिक घरलाई गाउँपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन गरेर जीर्णोद्वारको काम भइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए।

images
images
images

इतिहासको संरक्षण गर्नका लागि पञ्चायतमा शासन चलाएको घरलाई संरक्षण गरिएको बताए। उक्त घरलाई आन्तरिक पर्यटकलाई बस्ने र पुस्तकालय बनाउने उदेश्यअनुरुप पुनर्निर्माण गरिएको हो।

'पञ्चायत ढले पनि घर ढलेको थिएन, गाउँपालिकाले ऐतिहासिक घरलाई संरक्षण गर्न थालेका छौँ, घर पुनर्निमाण गरेर मात्रै भएन, त्यसलाई प्रयोगमा ल्याउन पाहुना राख्ने घर बनाउने र तल्लो तलामा पुस्तकालय बनाउने गाउँपालिकाको योजना रहेको छ', बुढाले भने, 'निरकुंश पञ्चायती व्यवस्था ढलेर प्रजातन्त्रको पुनःबहाली भए पनि पञ्चायत भवन संरक्षित गर्न गाउँपालिकाले आवश्यक ठानेको छ।'

पञ्चायती व्यवस्थाको झलकका रुपमा रहेको भवनलाई संरक्षण गरेर पर्यटकलाई चिनाउने योजना गाउँपालिकाको छ। पञ्चायतकालमा प्रधान उपप्रधानले यही भवनमा कार्यालय स्थापना गरेर काम गर्ने गरेकोको स्थानीय ललितबहादुर घर्तीमगरले बताए।

तमान गाउँमा रहेको पञ्चायत कार्यालयबाट वडा नं ५ खुङ्खानी, वडा नं ६ नर्जाखानी, वडा नं ४ लाम्मेला, वडा नं २ बोंगादोभानलगायतका स्थानका जनतालाई सेवा प्रदान गरिन्थ्यो। भवनलाई पुनर्निमाण गरी संरक्षण गनुपर्ने स्थानीयको मागलाई गाउँपालिकाले सम्बोधन गरेको भवन पुनर्निर्माण समितिका अध्यक्षसमेत रहेका स्थानीय घर्तीमगरले जानकारी दिए। 

'यो भवन जीर्ण बनेको थियो, यसको संरक्षण र पुनःउपयोग गर्ने उद्देश्यले पुनर्निमाण गरिएको हो', उनले भने, 'भवनको पुनर्निर्माण गरिएसँगै गाउँमा हुने अन्य सामाजिक कामको लागि समेत सहयोग पुग्ने छ।' भवन निर्माणको यकीन मिति नभए पनि पछिल्लो दशकदेखि भवन जीर्ण अवस्थामा रहेको थियो। 

पञ्चायत भवन साविक लुकुरवन, खुंगा, नर्जा, खुंखानी, तमान, लाममेला नागरिकले मिलेर निर्माण गरेका थिए। भवन पुनर्निर्माणको करिब ७५ प्रतिशत काम सम्पन्न भएको समितिका अध्यक्ष घर्तीमगरले बताए। तमानखोला-३ का वडाध्यक्ष झकबहादुर बुढाले भवन सम्पन्न भएपछि केही समय वडा कार्यालय राखिने र पछि पुस्तकालय बनाइने छ।

यहाँबाट गाउँमा केही बदमासी गर्ने, आपराधिक क्रियाकलाप गर्नेलाई सजायसमेत दिइन्थ्यो। तमान पञ्चायत क्षेत्रमा तत्कालीन अवस्थामा खप्रसाद बुढामगर लगायतले शासन गरेको स्थानीयको भनाइ छ। गाउँपालिकाले यसको इतिहास र को-को पञ्चायतले शासन गरे भन्नेबारे गाउँपालिकाले खोजी गरिरहेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend