शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड संकलन

images
बिहीबार , जेठ ३ २०८१
images
images
मानवीय सेवाका लागि बेलायतमा डेढ करोड संकलन

संकलित रकममध्ये ५२ लाख रूपैयाँ टिकट बिक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रूपैयाँ आनी छोइङ डोल्माको अटोबायोग्राफी पुस्तक फूलको आँखामा बिक्रीबाट संकलन भएको छ।

images
images

काठमाडौं- मानवसेवा आश्रम सहयोगार्थ एक करोड ५० लाख रूपैयाँ रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किएकी छिन्।

images
images
images

संगीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई सघाउन बेलायत पुगेकी थिइन्।

images

गत बैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताइन्।

images

मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवर्द्धनमा सघाउन पाउँदा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिबद्धता जनाइन्।

संकलित रकममध्ये ५२ लाख रूपैयाँ टिकट बिक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रूपैयाँ आनी छोइङ डोल्माको अटोबायोग्राफी पुस्तक फूलको आँखामा बिक्रीबाट संकलन भएको छ।

यस क्रममा पाँच जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि एक लाख ११ हजार एक सय ११ रूपैयाँ योगदान गरेका छन्।

यस्तै मासिक आठ हजार रूपैयाँ योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने भएका छन्।

कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलंकाको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो। प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पुर्‍याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताए।

मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलयतवासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यबाद दिँदै २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त देश घोषणा गराउन सकैको साथ र सहयोग आवश्यक पर्ने बताए।

मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्प लिएको छ।

उक्त संकल्पलाई पुरा गर्न देशको सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याइ ७७ वटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार गर्दै आइरहेको आश्रमले हालसम्म १० हजार बढीको उद्धार गरी मानवोचित व्यवस्थापन गरिसकेको छ भने हाल देशरभर रहेका आश्रमका सेवा केन्द्रहरुमा एक हजार छ सय ५३ जना संरक्षणमा रहेको जनाएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend