बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

बजेट अभावमा जनजाति संग्रहालय निर्माण ६ वर्षदेखि अधुरै

images
बिहीबार , जेठ ३ २०८१
images
images
बजेट अभावमा जनजाति संग्रहालय निर्माण ६ वर्षदेखि अधुरै

अहिले संग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ। उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको हो। बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन।

images
images

गलकोट- बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति संग्रहालय ६ वर्षदेखि अधुरै रहेको छ। विसं २०७५ देखि सुरु गरिएको काठेखोला-४ तङ्ग्रामस्थित जनजाति संग्रहालय बजेट अभावमा अधुरै रहेको छ।

images
images

तङ्ग्राममा रहेका जनजातिको पहिचान, भाषा, वेषभूूषा र संस्कृतिलाई सङ्ग्रहित गर्ने उद्देश्यले जनजाति संग्रहालय निर्माणमा गाउँपालिकाले थालनी गरेको थियो। गाउँपालिकाबाट ‘एक वडा एक गौरवको योजना’अन्तर्गत हालसम्म झन्डै ५८ लाख रूपैयाँ रकम खर्च भइसकेको छ। 

images
images

अहिले संग्रहालयको एकतला भवनमात्रै निर्माण भएको छ। उक्त एकतला भवनले अझै पूर्णता पाउन नसकेको हो। बजेट अभावमा भवनमा झ्याल तथा ढोकासमेत राख्न सकिएको छैन।

images
images
images

संग्रहालय निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको भए पनि गाउँपालिकाले बजेट अभावका कारण समयमै निर्माण गर्न नसकेको गाउँपालिकाका प्रवक्ता टीका संगम विकले बताए।

गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति संग्रहालय निर्माण थाले पनि चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट विनियोजन गर्न सकेको छैन।

'गौरवको योजनाका रुपमा गाउँपालिकाले लिएको जनजाति संग्रहालयमा पछिल्लो समय गाउँपालिकाले बजेट राख्न सकेको छैन, प्रदेश सरकारसँग समन्वय भइराखेको छ, आगामी आर्थिक वर्षमा सके प्रदेशबाट नसके गाउँपालिकाबाट थोरै रकम भए पनि विनियोजन गरेर एक तला भवनलाई पूर्णता दिने योजनामा गाउँपालिका छ', प्रवक्ता विकले भने, 'गाउँपालिकाले नै ५८ लाख रूपैयाँ खर्चेको भवनलाई अलपत्र छाड्ने भन्ने हुँदैन तर बजेट अभावले ढिलाइ भएकै छ, आगामी वर्ष पूर्णता पाउँछ, त्यसपछि तला थप गर्ने अथवा संग्रहालय सञ्चालन गर्ने भन्ने विषयमा गाउँपालिकाले छलफल गर्छ।'

जनजाति संग्रहालयका लागि गाउँपालिकाले २०७५ सालमा पाँच लाख रूपैयाँ, २०७६ मा २० लाख रूपैयाँ, २०७७ मा १३ लाख रूपैयाँ, २०७८ मा १५ लाख रूपैयाँ र २०७९ मा पाँच लाख रूपैयाँ गरी ५८ लाख रूपैयाँ खर्च गरिसकेको छ।

संग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति-जनजातिको पहिचान झल्कने सामग्री राखिने भए पनि संग्रहालय निर्माणमा ढिलाइ भएको स्थानीय नरबहादुर विकले बताए।

संग्रहालय बनेपछि गाउँमा पर्यटक आउने र आर्थिकरुपमा जीविकोपार्जनमा समेत टेवा पुग्ने भए पनि भवनको छ वर्षसम्म निर्माण नसकिएको हो। संग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेषभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिने र गाउँपालिकाका जनजातिको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेगरी निर्माण थालिएको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ ३ २०८११३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend