शनिबार, साउन १२ गते २०८१    
images
images
images

पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रूपैयाँ मूल्य घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २ २०८१
images
images
पेट्रोलमा ७ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रूपैयाँ मूल्य घट्यो

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।

images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबार बिहान १ बजेदेखि लागु हुनेगरि निगमले मूल्य घटाएको हो।

images
images

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको निगमले जनाएको छ। 

images

बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले निर्धारण गरेको नयाँ मूल्य बिहीबार रातिबाट लागु हुने छ। 

यसअघि पेट्रोल प्रतिलिटर १ सय ७८ रूपैयाँ र डिजेल/मट्टितेल लिटरमा १ सय ५९ रुपैयाँ थियो। 

images

नयाँ मूल्यसँगै अब पेट्रोल उपत्यकामा १ सय ७१ रूपैयाँ र डिजेल/मट्टितेल लिटरको १ सय ५४ रुपैयाँ पर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित : बुधबार, जेठ २ २०८१२१:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend